काठमाडौं । प्राधिकरणद्वारा जारी मापदण्ड तत्काल परिमार्जनको माग सहित बचत तथा ऋण सहकारी अभियानद्वारा जेष्ठ २३ गतेका लागि संयुक्त रुपमा आव्हान गरिएकोे राष्ट्रिय भेला सफलताका लागि आज देशभरका बचत तथा ऋण सहकारीकर्मीहरुले सामुहिक ऐक्यवद्धता साथै उपस्थितिको प्रतिबद्धता जाहेर गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून), प्रदेश बचत तथा ऋण सहकारी संघहरु र देशभरका जिल्ला बचत तथा ऋण सहकारी संघहरुको जुम मार्फत आज भएको भर्चुअल वैठकले सहकारी ऐन, २०७४ र नियमावली, २०७५ का व्यवस्था मार्फत संघ/संस्थाहरुलाई प्रद्धत्त अधिकार कुण्ठित हुने गरी जारी गरिएको मापदण्डको जोडदार विरोध गर्दै तत्काल संशोधनका लागि राष्ट्रिय भेलामार्फत ऐक्यबद्ध दबाबमुलक कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएका छन् ।
प्राधिकरणद्वारा २०८२ जेठ ९ गते जारी “बचत तथा ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाको सञ्चालन सम्वन्धमा जारी गरिएको मापदण्डको कडा अवज्ञा गर्दै बचत तथा ऋण सहकारी अभियानको साझा धारणा तय गर्न जेठ २३ गते राष्ट्रिय भेला आयोजना गर्ने निर्णय सहित अभियानद्वारा जेठ १४ गते संयुक्त विज्ञप्ती जारी गरि देशभरका बचत ऋण सहकारी अभियानकर्मीहरुलाई भेलामा उपस्थिति भई ऐक्यवद्धता जनाउन आव्हान गरिएको थियो । सो सन्दर्भमा आज भर्चुअल माध्यममार्फत राष्ट्रिय भेला मार्फत साझा धारणा निर्माण गरि दबाबमुलक कार्यक्रमहरु सार्वजनिक गर्ने अभियानको आवाज बुलन्द्ध बनाउने विषयमा अभियानको तर्फबाट ऐक्यवद्धता सहित सामुहिक प्रतिबद्धता जाहेर भएको छ ।
भर्चुअल कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले जारी मापदण्डले बचत तथा ऋण सहकारी संस्थाको तरलता आफ्नै संघहरु मार्फत परिचालन गर्ने अभ्यासलाई कमजोर बनाई सहकारीको पूँजि र ऐक्यबद्धतालाई विचलित गराउने कार्यमा प्रसय गरेको र अभियानलाई हतोत्साहित गर्ने प्रयास गरेको हुँदा त्यसको विरोधमा उत्रन र विद्यमान कानुनी व्यवस्था मार्फत संघ/संस्थाहरुलाई प्रद्धत्त अधिकार प्रदान गरिनुपर्छ भन्नेमा अभियानको जोडदार माग रहेको विचार व्यक्त गर्नुभएको थियो ।
भर्चुअल कार्यक्रममा विभिन्न प्रदेश बचत संघ र जिल्ला बचत संघका अध्यक्ष एवम् पदाधिकारीहरुले संघमा राखिएको बचतलाई तरलता गणना गर्ने विषय लगायत बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा देखिएका विविध अवरोधजन्य विषयहरुलाई प्राथमिकतामा राखेर दबाबमूलक कार्यक्रम गर्नको लागि ऐक्यवद्धता जाहेर गर्दै २०८२ जेठ २३ गते काठमाण्डौमा हुने राष्ट्रिय ऐक्यवद्धता भेलामा सक्रियताका साथ सहभागी भई सफल बनाउन प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
उहाँहरुले समग्र बचत ऋण सहकारी अभियानले आफ्नो अस्तित्व रक्षाका लागि एकवद्ध हुनुपर्ने कुरामा जोड दिदै कठोर अवज्ञाका साथै बहस र पैरवी निरन्तर गर्नुपर्ने विषय प्रष्ट पार्नुभएको थियो ।
नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रदेश बचत संघहरु, जिल्ला बचत तथा ऋण सहकारी संघहरु र प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाहरुका भावनालाई समेटेर आवश्यक कार्यक्रम तय गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । साथै नेफ्स्कूनले मापदण्ड जारी भई सकेपछि पनि निरन्तर बहस र पैरवीको सन्दर्भमा काम गरिरहेको र अभियानका अग्रजहरुसँग निरन्तर सम्वाद गर्दै अघि बढेको विषयलाई अवगत गराउँदै अभियानको ऐक्यबद्ध आवाजबाटै विगतको निरन्तरता प्राप्ती हुने कुरामा विश्वास दिलाउनुभएको थियो ।
१७ घण्टा अगाडि
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
१८ घण्टा अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
१७ घण्टा अगाडि
९ दिन अगाडि