आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, सहकारी मन्त्रालयलाई  ७ अर्ब ४९ करोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, सहकारी मन्त्रालयलाई  ७ अर्ब ४९ करोड

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेटको आकारबारे जानकारी गराउनुभएको हो । 

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । साथै सहकारी क्षेत्र सुधारका लागि कानुनी कडाइसँगै नियमन र अनुगमनलाई प्राथमिकता दिने संकेत बजेट मार्फत गरिएको छ । सहकारी क्षेत्रमा बढ्दो अनियमितताप्रति कडाई गर्दै सरकारले समस्याग्रस्त र ठगीमा संम्लग्न सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का गर्ने घोषणा बजेटमार्फत गरेको छ । 

त्यसैगरि अर्थमन्त्री पौडेलले सहकारीमा रहेको पाँच लाखसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिने र सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकमबाट बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिने बजेट मार्फत घोषणा गर्नुभएको छ ।  

त्यस्तै सहकारीको वर्गीकरण, एकिकरणको साथै बचत तथा ऋण सहकारीको नियमनलाई सहकारी नियमन प्राधिकरणमार्फत प्रभावकारी बनाउने पनि अर्थमन्त्रीले घोषणा गर्नुभएको छ । त्यसैगरि आगामी बजेटमा पनि सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने घोषणा गरिएको छ । सरकारले ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । 
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप