‘सहकारी व्यवस्थापक कोर्ष’ उत्कृष्ट छ, ढुक्कले पढ्नुस् !
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी व्यवस्थापक कोर्ष’ उत्कृष्ट छ, ढुक्कले पढ्नुस् !

कमल प्रसाद सापकोटा
व्यवस्थापक, जोरपाटी साकोस, गोकर्णेश्वर न.पा.-६, काठमाडौं

सहकारी आफैमा उत्कृष्ट नाम हो । यसमा व्यवस्थापन थपिदा अझ सुन्दर बन्दछ, त्यसमा पनि व्यवस्थापक दक्ष र कुशल भयो भने सुनमा सुगन्ध हुन्छ । त्यसैले ‘सहकारी व्यवस्थापक कोर्ष’ उत्कृष्ट डिजाइन हो भन्ने लाग्छ । 

सहकारीलाई एक शब्दमा भन्नुपर्दा यो एक किसिमको संगठन हो, जसमा सदस्यहरुले साझा रुपमा स्वामित्व लिन्छन् र तिनीहरुको आवश्यकताहरु तथा हितहरुको पूर्तिका लागि मिलेर काम गर्छन् । 

यसको उद्देश्य नाफा कमाउनु भन्दा पनि सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक हित अभिवृद्धि गर्नु हो । 

सहकारी संस्था सामुदायिक विकासमा केन्द्रित हुने भएकोले कुशल व्यवस्थापक बनेर समुदायको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन, नेतृत्व विकास गर्न, व्यवस्थापन सीपको विकास गर्न, कानूनी र नीतिगत ज्ञान अभिवृद्धि गर्न, लेखा तथा वित्तीय व्यवस्थापन सीप विकास गर्न, सदस्य सेवामा सुधार गर्न जस्ता विषयमा थप ज्ञान हासिल गर्न मैंले यो सहकारी व्यवस्थापक कोर्ष रोजेको हुँ । यो कोर्ष अभौतिक रुपमा विहानको समयमा सञ्चालन हुने हुदाँ समय व्यवस्थापन गर्न सहज भयो । साथै कोर्ष लिदाँ गर्नु पर्ने कार्यगत अभ्यासहरु विहान बेलुकाको समय मिलाएर सहज रुपमा सम्पन्न गर्न सकियो । 

कोर्ष अध्ययन गर्न परिवारबाट राम्रो साथ सहयोग प्राप्त भयो । यसका लागि परिवारजनलाई विशेष धन्यवाद । मैंले जुन अपेक्षा लिएर यो कोर्ष लिएको थिएँ त्यो अनुसार प्रतिफल पाएको महशुस गरेको छु । कोर्ष सञ्चालन अवधिमा विभिन्न विषय विज्ञहरुबाट सहजीकरण भयो । सरहरुले गहन विषय वस्तुमाथि सरल, स्पष्ट  तथा प्रयोगात्मक रुपमा सहजीकरण गर्नु भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले यो कोर्ष सञ्चालन गर्न जुन किसिमको पहलकदमी गरेको छ त्यो प्रशंसा योग्य छ । ‘सहकारी व्यवस्थापक कोर्ष’ अध्ययन पश्चात आफू कार्यरत संस्थामा आफूले प्राप्त गरेका ज्ञान सीपको अधिकतम उपयोग गरि संस्थालाई आफ्नो समुदायको उत्कृष्ट संस्था बनाउने योजना रहेको छ । 

‘सहकारी व्यवस्थापक कोर्ष’ विभिन्न १६ वटा मोड्युलमा रहि जम्मा ६०० घण्टा समयावधि राखेर डिजाईन गरिएको छ । जसमा ८० प्रतिशत व्यावहारिक सीप सिकाइ र २० प्रतिशत सैद्धान्तिक ज्ञान सिकाई रहेको छ । हाल व्यवस्थापनको विभिन्न तहमा रहेर काम गरिरहनु भएका भविष्यका व्यवस्थापक तथा सहकारीलाई आफ्नो कर्मक्षेत्र बनाउन चाहने सबैलाई ‘सहकारी व्यवस्थापक कोर्ष’ उपयुक्त रहेको मेरो बुझाई छ । 

मोड्यूलहरुमा ऋण सम्बन्धी राम्रो र प्रभावकारी विषयहरु समावेश छन्, त्यसमा अझ थप विषयहरुलाई जोड्न सके राम्रो हुनेथियो भन्ने मेरो सुझाव छ ।

रणनीतिक योजना निर्माणमा पनि समयावधि कम भएको महशुस भएको छ । रणनीतिक योजना निर्माणको काम अत्यन्त ‘टफ’ विषय हो, यसमा सघन अभ्यास आवश्यक छ भन्ने लागेको हो । केही नीतिगत विषयहरुमा पनि समय थप गर्नुपर्ने देखेको छु । 

पर्ल्सका ४६ सूचकहरुमध्येमा १६ वटा विषयमा बढी फोकस गरिएको छ, त्यो अत्यन्त उपयोगी र सान्दर्भिक सिकाई भएको छ । समग्रमा कोर्ष अत्यन्त प्रभावकारी छ । नेफ्स्कूनले ‘सहकारी व्यवस्थापक कोर्ष’ मा सहभागीहरुलाई अझ बढी सक्रिय बनाउने, पर्याप्त समय व्यवस्थापन गर्न लगाउने र व्यवहारिक सीप विकासमा जोड दिन प्रोत्साहन गर्ने हो भने कोर्ष अझ प्रभावकारी हुने मलाई लागेको छ । यसले सहकारीका व्यवस्थापक र व्यवस्थापकीय जिम्मेवारी लिन चाहनेहरुका लागि ज्ञान, सीप तथा दक्षता अभिवृद्धि गर्ने अवसर प्रदान गर्दछ । 

नेफ्स्कूनले ‘सहकारी व्यवस्थापक कोर्ष’ जस्तो उत्कृष्ट विषय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर अध्यापन सुरु गराएको र यसमा मलाई सहभागी भई अध्ययन गर्ने अवसर दिएकोमा विशेष धन्यवाद दिन चाहन्छु । साथै तालिम अवधिभर सहजीकरण गर्नु हुने सम्पूर्ण सरहरुलाई पनि विशेष धन्यवाद दिन चाहन्छु ।  

गोकर्णेश्वर न.पा.-६, काठमाडौंमा सञ्चालित जोरपाटी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक कमल प्रसाद सापकोटा नेफ्स्कूनद्वारा सञ्चालित सीटीईभीटीबाट सम्बन्धन प्राप्त 'सहकारी व्यवस्थापक कोर्ष' को छैटौं व्याचमा अध्ययनरत हुनुहुन्छ । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप