'सहकारी व्यवस्थापक कोर्ष' ले सामान्य भित्रको गहन विषय र जिम्मेवारी बोध गरायो ।
कुशल व्यवस्थापनमा सहयोगी ‘सहकारी व्यवस्थापक कोर्ष’ : एक अनुभव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कुशल व्यवस्थापनमा सहयोगी ‘सहकारी व्यवस्थापक कोर्ष’ : एक अनुभव

हरेराम आचार्य
सह प्रबन्धक, श्री नवदुर्गा साकोस
पनौति ९ काभ्रेपलाञ्चोक
सहकारी व्यवस्थापक कोर्ष (छैटौं व्याच)

'सहकारी व्यवस्थापक कोर्ष' ले सामान्य भित्रको गहन विषय र जिम्मेवारी बोध गरायो 

सहकारीमा एक कुशल व्यवस्थापक बनेर गहन जिम्मेवारी सहित व्यवस्थित र सुशासित सहकारी सञ्चालन गर्न नेफ्स्कूनद्वारा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को मान्यता प्राप्त ‘सहकारी व्यवस्थापक कोर्ष’ अत्यन्त महत्वपूर्ण छ भन्ने जानकारी पूर्व दीक्षित साथीहरुबाटै प्राप्त गरेँ । 

व्यवस्थित सहकारी सञ्चालन गरी सहकारीे सिद्धान्त, मुल्य मान्यताहरु कार्यान्वयन मार्फत समाजमा सहकारीको लक्ष्य, उद्देश्य र उपलब्धिहरुबारे प्रष्ट पार्नका लागि मैले सहकारी व्यवस्थापक कोर्ष पढ्नुपर्छ भन्ने अठोटका साथ अध्ययन शुरु गरेको थिएँ, जुन कोर्षमा आफु सहभागी हुनु पुर्व गरेका अपेक्षालाई कोर्ष अध्ययनसँगै पुर्णरुपमा पुरा गर्न सफल भएको मेरो व्यक्तिगत बुझाई र अनुभव रहेको छ । साथै उक्त समय अवधिमा नेफ्स्कूनद्वारा सम्बन्धित क्षेत्रमा लामो समय अनुभव र अध्ययन गरी खारिनुभएका प्रशिक्षकज्यूहरुद्वारा गरिएको प्रशिक्षण अत्यन्त महत्वपूर्ण रहेको पाएँ । प्रशिक्षण अवधि भर गरिएका अन्तरक्रियात्मक छलफल र अनुभवी सहभागीहरु बिच अनुभव साटासाट गर्दै प्रयोगात्मक कक्षा, विभिन्न प्रविधिको प्रयोग साथै प्रयोगात्मक व्यवहारिक कार्यहरुको माध्यमबाट अझै हामीमा निखारपन प्रदान गर्न कोर्ष अत्यन्त उपयोगी भयो भने प्रशिक्षकहरुको सिकाई बातावरण उत्कृष्ट रह्यो । 

कोर्ष र कक्षा अनुभव 

अध्ययन अध्यापनका क्रममा कही कतै प्रमुखताका साथ समावेश नगरिएको सहकारी विषय, जुन सँधै सामान्य विषयको रुपमा लिईंदै आइएको थियो । तर जब नेफ्स्कूनद्वारा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को मान्यता प्राप्त सहकारी व्यवस्थापक कोर्षले सामान्य भित्रको गहन विषय र जिम्मेवारी बोध गरायो, तब सहकारीको महत्व र समाजमा यसको आवश्यकता व्यापक अनि फराकिलो सोच, विचार र धारणा बोकेको विषय रहेछ भन्ने पुष्टी भयो । मुख्यतः सहकारी बुझाइ र यसको महत्व अनि गरिमासम्बन्धी सतही धारणामा आमुल परिवर्तन गर्यो । अन्य सहकारीकर्मी साथीहरुसँग एक आपसमा कुराकानी, छलफल, समन्वय तथा जानकारीहरु आदानप्रदान समेत भई नेपालमा सहकारी सञ्चालन कसरी भईरहेको छ, भन्ने विषयमा पर्याप्त सूचना र जानकारीहरु समेत प्राप्त गर्ने अवसर मिल्यो । 

कोर्षमा समाबेश विषयहरु सहकारीका महत्वपूर्ण पक्षलाई ध्यानमा राखेर निर्माण गरिएको अनुभूति भयो । सहकारीका व्यवस्थापकमा हुनुपर्ने सीप जस्तै संस्थागत प्रतिवेदन तयारी, लेखा व्यवस्थापन, कार्यविधि तयारी, कानुनी ज्ञानको अध्ययन र कार्यान्वयन, प्रविधिको ज्ञान सीप, सुशासन परीक्षण, योजना निर्माण र कार्यान्वयन, सदस्य सेवा र बजारीकरण जस्ता कला तथा ज्ञान सिप सहकारी व्यवस्थापकहरुमा विकास गर्नका लागि सञ्चालित ६०० घण्टाको कोर्षमा समावेश गरि अध्यापन गराईनु आफैंमा अत्यन्त महत्वपूर्ण  र विषय सान्दर्भिक लाग्यो ।

नेफ्स्कूनद्वारा सञ्चालित सीटीईभीटीको सहकारी व्यवस्थापक कोर्ष (छैठौ व्याच) अध्यापनको उद्देश्य पनि उत्कृष्ट सहकारी व्यवस्थापक उत्पादन गर्नु र सहकारीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न निर्दिष्ट गर्नु नै रहेको मेरो अनुभव रह्यो । शिक्षकहरुद्वारा गरिएको मित्रवत व्यवहार र अध्ययन सहजीकरणका लागि नेफ्स्कून लगायत सम्बन्धित सबै शिक्षकहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

महत्वपूर्ण सिकाइ

  • सहकारीका प्रचलित ऐन, नियम, नीति तथा सहकारी मापदण्ड बारे अध्यावधिक, 
  • सहकारीको विनियम तयारी तथा संशोधन,
  • आवश्यक नीति तथा कार्यविधि तयार र संशोधन, 
  • रणनीतिक योजना तर्जुमा र बार्षिक योजना तथा बजेट निर्माण, 
  • मानव संशाधन व्यवस्थापन,
  • पर्ल्स पद्धतीको प्रयोग सम्बन्धी,
  • जोखिम व्यवस्थापन,
  • कार्यलय सञ्चालन सम्बन्धी ।
  • ऋणको बर्गीकरण तथा व्यवस्थापन

यसअघि नेफ्स्कूनको Saving And Credit Mobilization Course अध्ययन गरि दीक्षित भैसकेको हुँदा र फेरि पनि सहकारी व्यवस्थापक कोर्ष पूरा गर्न पाउँदा निकै खुसिको अनुभूति गरिरहेको छु । आगामि दिनमा यस्ता अन्य तालिम तथा शिक्षा प्रदान गर्ने उद्देश्यले नेफ्स्कूनले आयोजना गरेका कार्यक्रमहरुमा म सदैब सहभागी हुनेछु र अन्य सहकारीमा कार्य गरिरहनु भएका सहकारी कर्मीहरुलाई यस्ता कार्यक्रमहरुमा जोडीन निकै फलदायक रहेको कुरामा म विश्वस्त गराउन चाहन्छु । 

सीटीईभीटीको मान्यता प्राप्त सहकारी व्यवस्थापक कोर्ष मार्फत सहकारी सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक शिक्षा प्रदान गरि उत्कृष्ठ व्यवस्थापक निमार्णमा सहयोग गर्नुभएकोमा नेफ्स्कून परिवारप्रति आभार तथा हार्दिक धन्यवाद प्रकट गर्दछु ।
                                 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप