सिन्धुलीमा सहकारीका व्यवस्थापकहरुका लागि बस्तु बजारीकरण व्यवस्थापन तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिन्धुलीमा सहकारीका व्यवस्थापकहरुका लागि बस्तु बजारीकरण व्यवस्थापन तालिम

सिन्धुली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना र कमलामाई नगरपालिका, सिन्धुलीको साझेदारीमा नगरपालिकाभित्र सञ्चालित सहकारीका व्यवस्थापकहरुका लागि बस्तु बजारीकरण व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

वैशाख २९ गते सञ्चालित तालिममा विभिन्न ३३ वटा सहकारीबाट ३३ जना व्यवस्थापकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा नगरपालिकाका भूमि व्यवस्था तथा सहकारी इकाई प्रमुख मुकेश तामाङ, बागमती प्रदेश बचत संघ (प्रोस्कून) का सञ्चालक कृष्णहरि कोइराला, नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपाने, नेफ्स्कून सिन्धुली सेवा केन्द्रका इन्चार्ज श्याम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका सहकारी इकाई प्रमुख मुकेश तामाङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै तालिमको आवश्यकता र औचित्यमाथि प्रस्ट पार्नुभएको थियो । उहाँले सदस्यको आवश्यकता र चाहानाका  आधारमा संस्थाले बस्तु तथा सेवाको निर्माण गर्न र बजारीकरण गर्न आग्रह गर्नुभयो । पालिका भित्रका संस्थाहरुको सघन अनुगमन गरि राज्यका प्रचलित नियम कानुनको अधिनमा रहि नीति, विधि, प्रविधि र सुशासनमा रहेर सञ्चालित संस्थाहरुलाई पालिकाले प्रवर्द्धन गर्ने र बदमासी गर्ने संस्थाहरुलाई खारेजी गर्ने सम्मको योजना नगरपालिकाको रहेको उहाँले जानकारी गराउनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो । सहजकर्ता न्यौपानेले बस्तु व्यवस्थापन (Product Management) र बजारीकरण (Marketing) को आधारभूतदेखि व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो । उहाँले सहकारीले सदस्यहरुमार्फत उत्पादन गर्न सक्ने बस्तुहरुको पहिचान, बजार आवश्यकता विश्लेषण, उत्पादन अवधारण, डिजाइन र गुणस्तर, बस्तुको मूल्य निर्धारण विधि, बजारीकरणको अवधारणा र रणनीतिहरु लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो । तालिमको समग्र व्यवस्थापन नेफ्स्कून सिन्धुली सेवा केन्द्र प्रमुख श्याम बुढाथोकीले गर्नुभएको थियो ।

त्यसैगरि वैशाख ३० गते सहकारीका बजारप्रतिनिधिहरुका लागि पनि बस्तु बजारीकरण व्यवस्थापन तालिम दिइएको थियो । उक्त तालिममा विभिन्न २५ सहकारीबाट ३८ जना बजार प्रतिनिधिहरु सहभागी हुनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१५ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१६ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१९ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१५ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप