हाम्रो मध्यवर्ती साकोसद्वारा पूर्व नेतृत्व क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो मध्यवर्ती साकोसद्वारा पूर्व नेतृत्व क्षमता विकास तालिम सञ्चालन

बर्दिया । दिगो नेतृत्व विकासको पूर्व तयारी स्वरुप हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.ले सम्भावित नेतृत्वलाई लक्षित गरी पूर्व नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरेको छ । 

साकोसको आगामी बर्ष हुने छैटौं वार्षिक साधारणसभा तथा चुनावी सभाबाट नयाँ नेतृत्वमा आउन चाहने सदस्यहरुलाई नेतृत्वमा सक्षम बनाउने उद्देश्यसहित सूचना प्रकाशन मार्फत इच्छुक सदस्यहरुलाई समेत सहभागी गराउँदै पूर्व नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरेको हो । 

साकोसका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा वैशाख २७ र २८ गते बर्दियाको भुरिगाउँमा सञ्चालित तालिममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति र नेतृत्व तहमा आउन इच्छुक सदस्यहरु समेत गरी ४२ जनाको उपस्थिति रहेको थियो ।

साकोसले वर्तमान नेतृत्वलाई सक्षम बनाउनको लागि पुरर्ताजगी गर्ने र सम्भावित नेतृत्वलाई साकोसप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध गराउने उद्देश्यसहित पूर्व नेतृत्व क्षमता विकास तालिम सञ्चालन गरिएको जनाएको छ । आउँदो बर्ष साधारणसभाले साकोसको नयाँ नेतृत्व चयन गर्ने वर्ष रहेको हुँदा साकोस विकासमा उच्च योगदान गर्न सक्ने सक्षम नेतृत्व तयार होस् भन्ने उद्देश्य तालिमको रहेको साकोसका अध्यक्ष नवराज न्यौपानेले साकोस आवाजलाई जानकारी गराउनुभयो । 

तालिमको सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । तालिमले भावी नेतृत्वलाई आफ्नो भूमिका बारे जानकारी गराउने, दीर्घकालीन योजना बनाउन सहयोग गर्ने, निर्णय लिन सक्ने र नीतिगत दृष्टिकोण विकासमा सहयोग पुर्याउने भएकोले पूर्व नेतृत्व क्षमता विकास तालिम अत्यन्त महत्वपूर्ण र प्रभावकारी तालिमको रुपमा रहेको सहजकर्ता अधिकारीले बताउनुभयो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप