सहकारी मन्त्री अधिकारीद्वारा नयाँपाटी साकोस अवलोकन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी मन्त्री अधिकारीद्वारा नयाँपाटी साकोस अवलोकन

काठमाडौं । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गोकर्णेश्वर नगरपालिका - २, नयाँपाटीमा रहेको नयाँपाटी बचत तथा ऋण सहकारी संस्था लि. को शनिबार अवलोकन भ्रमण गर्नुभएको छ । साकोसको कार्यालयमा पुग्नुभएका मन्त्री अधिकारीलाई अध्यक्ष, प्रवन्धक र कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

अवलोकनका क्रममा साकोसको सभाहलमा आयोजित संक्षिप्त अन्तरक्रियाका अवसरमा मन्त्री अधिकारीले सहकारीका समसामयिक विषयहरुमा जानकारी गराउनुभएको साकोसमा प्रबन्धक रमेश श्रेष्ठले साकोस आवाजलाई जानकारी गराउनुभयो । उहाँले सहकारीको वर्तमान परिवेशलाई सकारात्मक बनाउन सहकारी मार्फत नै राम्रा काम गरेर, सहकारीमा सुशासन कायम गरेर र त्यसको सकारात्मक र प्रभावकारी प्रचारप्रसार बाटै प्रवाहित गलत गतिविधिलाई न्यूनीकरण गर्न सकिने बताउनुभएको प्रवन्धक श्रेष्ठले जानकारी गराउनुभयो । 

सो अवसरमा नेफ्स्कूनका सञ्चालक सुशिल कुमार बस्न्यात, सिता ढकाल, बागमती प्रदेश बचत संघ (प्रोस्कुन) का सचिव ठाकुर बासकोटा, सञ्चालक होम बहादुर कार्की, लेखा सुपरिवेक्षण समितिका संयोजक विकल्प पाठक, काठमाडौं जिल्ला सहकारी संघका महासचिव बाल कुमार बास्तोला, सुमन के.सी., मन्त्रीका स्वकीय सचिव भेषराज पाण्डे, गोकर्णेश्वर/कागेश्वरी नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने साकोसको तर्फबाट अध्यक्ष गौतम खनाल, लेखा सुपरिवेक्षण समितिका संयोजक बालकृष्ण श्रेष्ठ, उपलब्ध सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुको उपस्थिति थियो ।

साकोसले सदस्य र समुदायको हितमा निरन्तर काम गर्दै आईरहेको र हालसम्म सदस्य सन्तुष्टीलाई साकोसले पहिलो प्राथमिकता दिएका कारण सहकारी सञ्चालनमा कुनै समस्या नपरेको, सदस्यको विश्वासमा कमी नआएको साकोसका अध्यक्ष खनालले मन्त्री अधिकारी समक्ष अवगत गराउनुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप