सिजेएनद्वारा सहकारी पत्रकारहरुका लागि पत्रकारिता तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिजेएनद्वारा सहकारी पत्रकारहरुका लागि पत्रकारिता तालिम

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज सीजेएन र सहकारी विभागको सहकार्यमा सहकारीलाई मुल विधा बनाएर पत्रकारिता गर्ने पत्रकारहरुका लागि नगरकोटमा दुई दिवसीय पत्रकारिता तालिम प्रदान गरिएको छ ।  समाजले सहकारी क्षेत्रमा कलम चलाउने २५ जना सहकारी पत्रकारका लागि सहकारी पत्रकारिता तालिम सञ्चालन गरेको हो । 

समाजका अध्यक्ष काजी श्रेष्ठको संयोजकत्वमा भएको प्रशिक्षण कार्यक्रममा सहकारीको सैद्धान्तिक एवं कानूनी आधार, कार्यान्वयन तथा व्यवहारिक पक्ष, आर्थिक तथा सहकारी पत्रकारिता र वित्तीय क्षेत्रको नियामनको विषयमा विभिन्न प्रशिक्षकहरुले प्रशिक्षण गर्नुभएको थियो । 

शुक्रबार सुरु भएको प्रशिक्षण कार्यक्रममा पहिलो सेसन अन्तर्गत सहकारी विभागका उपरजिष्ट्रार शशी कुमार लम्साल र दोस्रो सेसन अन्तर्गत समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंले प्रशिक्षण गर्नुभएको थियो । लम्सालले सहकारीको सैद्धान्तिक तथा कानूनी आधार र त्यसको कार्यान्वयन तथा व्यवहारिक पक्षको विषयमा प्रशिक्षण गर्नुभएको थियो । उहाँले सहकारी विभागले हाल गर्दै आएका काम कारवाही विभिन्न कानूनी अड्चनसँगै सहकारीको वर्तमान स्थिति र सहकारीमा सम्पत्ति सुद्धिकरण लगायत विषयमा प्रशिक्षण गर्नुभएको थियो ।

यस्तै, सहकारी पत्रकारिताको सम्भावना, भूमिका र चुनौतीको विषयमा प्रशिक्षण दिँदै हुमागाईंले पत्रकार र सञ्चार माध्यमले सहकारी बिटलाई दिने प्राथमिकता, यसको दायरा तथा सीमा, समाचारका विषयवस्तु र अवसरका विषयमा जानकारी गराउनुभएको थियो । 

यस्तै, शनिबार आर्थिक पत्रकारिताका विषयमा नेपाल आर्थिक पत्रकार संघका निवर्तमान अध्यक्ष मोदनाथ ढकालले प्रशिक्षण दिनुभएको थियो भने नेपाल राष्ट्र बैंकले सहकारी संस्थाका लागि जारी गरेको मापदण्ड तथा निर्देशन, सहकारीमा राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण लगायतका विषयमा राष्ट्र बैंकका निर्देशक इन्द्रा चम्लागाईंको प्रशिक्षण रहेको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप