जनकपुरमा सहकारीका समसामयिक विषयमा वृहत अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनकपुरमा सहकारीका समसामयिक विषयमा वृहत अन्तरक्रिया

जनकपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले आज जनकपुरमा सहकारीका समसामयिक विषयहरुमा वृहत अन्तरक्रिया गरेको छ । जनकपुरमा सञ्चालित अन्तरक्रिया कार्यक्रममा जनकपुर र महोत्तरी जिल्लामा सञ्चालित विभिन्न ४८ वटा बचत तथा ऋण सहकारी संघ संस्थाहरुबाट ५१ जनाको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा संघकी उपाध्यक्ष शान्ति अधिकारी, लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराज ज्योति पौडेल, सञ्चालक शालिकराम ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा सहित कर्मचारीहरुको उपस्थिति थियो । 

नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले वर्तमान समयमा सहकारीमा चुनौतिहरु छन्, त्यसको व्यवस्थापन र सुधारका लागि सरकारले पनि राष्ट्रिय सहकारी नियमन प्राधिकरण मार्फत काम शुरु गर्न गईरहेको जानकारी गराउनुभयो । नेफ्स्कूनले पनि सरोकारवालाहरुसँग निरन्तर वहश पैरवी गरिरहेको र सदस्य साकोसहरुको अनुगमन सुपरिवेक्षणको कामलाई पनि तीब्र रुपले अगाडि बढाइरहेको जानकारी गराउनुभयो । 

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराज ज्योति पौडेलले सहकारी संस्था सञ्चालनमा सुशासनको पाटोलाई प्रभावकारी रुपले पालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले  नीति, विधि र प्रविधिको पालना गर्दै सदस्य केन्द्रीत सेवालाई जोडदिएर सुशासनमा सञ्चालन भएका सहकारी संस्थाहरुमा कुनै समस्या नरहेको बताउनुभयो । हामीले हिजोका दिनमा सदस्यहरुमा गरेको ऋण लगानीमा समस्या छन्, आर्थिक मन्दी आयो, व्यवसायहरु धरासायी भए, व्यापार ठप्प भयो, ऋणिले ऋण तिर्न सक्ने अवस्था रहेन, तर त्यसको समाधानका बाटाहरु पनि खोज्दै र नयाँ र सुरक्षित लगानीको पनि पहिचान गरेर अगाडि बढ्न उहाँले सुझाव प्रदान गर्नुभयो । 

त्यसैगरि प्रमुख कार्यकारी अधिकृत सापकोटाले सहकारी क्षेत्रभित्रका वर्तमान चुनौती, अवसर, नीति र सुधारको विषयमा आफ्ना विचार राख्दै संघले समस्याको समाधानका उपायहरु खोजी गरिरहेको, निरन्तर सरोकारवालाहरुसँग वहश तथा पैरवी गरिरहेको जानकारी गराउनुभयो । सहकारी ऐन संशोधनमा नेफ्स्कूनले निरन्तर पैरवी गर्दै सहकारीमैत्री ऐन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । कोभिड शुरु भएदेखिनै विश्व आर्थिक मन्दीको प्रभावले नेपालको अर्थतन्त्र समस्यामा पार्यो, त्यसको प्रत्यक्ष असर सहकारीमा पनि पर्यो । अहिले सहकारीले सामना गरिरहेको कानुनी, प्राविधिक र वित्तीय व्यवस्थापनको पाटोमा नेफ्स्कूनले निरन्तर अनुगमन तथा सुपरिवेक्षको कामलाई अगाडि बढाएको छ, सहकारीको दिगो विकासका लागि पारदर्शिता र सुशासन कायम गर्न कार्यक्रम मार्फत अर्थात एमआईएस सिस्टम मार्फत नियमित मोनिटरिङ गरिरहेको उहाँले बताउनुभयो ।

अन्तरक्रियामा सहभागी सहकारीकर्मीहरुले विद्यमान कानुनी असहजता, राष्ट्र बैंकद्वारा जारी नयाँ निर्देशन तथा मापदण्ड, तरलता गणनाको विषय, सहकारी नियमन प्राधिकरणको भूमिका, नेफ्स्कूनको आगामी रणनीतिहरुका सम्बन्धमा जिज्ञासा राख्नुभएको थियो । सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको सम्बोधन संघका सिईओ सापकोटाले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२१ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप