नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा एनसीयूआइ तथा नाफ्कूबसँग नयाँ दिल्लीमा छलफल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आज भारतीय राष्ट्रिय सहकारी संघ लि.(एनसीयूआई) का प्रमुख कार्यकारी अधिकृत डा. सुधिर महाजन तथा नयाँ दिल्लीस्थित सहकारी बैंक तथा क्रेडिट सोसाइटीहरुको शीर्ष संघ नाफ्कूबका प्रमुख कार्यकारी अधिकृत (सिईओ) योगेश शर्मासँग भेटवार्ता गर्नुभएको छ ।

भारत भ्रमणमा रहनुभएका नेफ्स्कून अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटाले हिजोबाटै उच्चस्तरीय भेटघाट तथा छलफल सुरु गर्नुभएको छ । आजको भेटवार्ता पनि नेफ्स्कून र भारतीय सहकारीका शीर्ष निकायहरुबीच सम्बन्धलाई बलियो बनाउने दिशामा केन्द्रीत रहेको थियो । 

दुबै निकायका केन्द्रीय कार्यालयमा भएको भेटवार्तामा पनि नेफ्स्कूनको क्षमता विकासमा सहयोग पुर्याउने, साकोस अभियानका व्यवस्थापकहरुको सक्षमता विकासमा सहयोग पुर्याउने, दुईतर्फ अवलोकन भ्रमणको वातावरण तयार पार्ने, असल अभ्यासहरु आदानप्रदान गर्ने तथा सहकारीमार्फत उत्पादन, बजारीकरण र प्रवर्धनका दिशामा नवीन सम्भावनाहरु पहिचान गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ । 

दिल्लीको कार्यक्रम पछि नेफ्स्कून अध्यक्ष ढकाल तथा सिईओ डा. सापकोटा छिमेकी महाराष्ट्र फेडेरेशन अफ कोअपरेटिभ सोसाइटीको आयोजना फेब्रुअरी ८ र ९ मा हुने सहकारी सम्मेलनमा बिशिष्ट अतिथिको रुपमा समेत सहभागी हुनुहुनेछ भने त्यहाँ पनि साइडलाइन छलफलको कार्यक्रम रहेको सिईओ डा. सापकोटाले बताउनुभयो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप