काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज चितवनको भरतपुरमा ‘सहकारीका साझा सवाल सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न गरेको छ ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्रशान्त (ICA AP) ले उठाएका सहकारी अभियानका मुख्य ६ विषयसँगै सहकारी सिद्धान्त र दोस्रो संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ का विषयमा साकोसहरुलाई आवश्यक सहजीकरणको उद्देश्यसहित प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिएको हो । सोही सिलसिलामा नेफ्स्कूनले आज बागमती प्रदेशको चितवनमा कार्यक्रम गरेको हो ।
कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक एवम् संघको बागमती प्रदेश संयोजक खेमराज सुवेदीले गर्नुभएको थियो भने प्रमुख व्यक्तित्व संघका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल रहनुभएको थियो । कार्यक्रमको आतिथ्यता संघकी सञ्चालक सिता ढकाल पौडेल, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोइराला, नेफ्स्कूनका निर्वतमान लेखा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटा, राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक तेजेन्द्रबहादुर खड्का, नेफ्स्कूनका पूर्व सञ्चालक भरतप्रसाद दवाडी, संघको चितवन सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु तुलमणि पौडेल, रामशरण सिलवाल र केदारनाथ न्यौपान, संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिना, चितवन सदस्य सेवा कार्यालय प्रमुख यमकला पौडेलसँगै स्थायनीय व्यवस्थापनको सहभागिता रहेको थियो । कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी र प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा पनि उत्तरार्धमा जोडिनुभएको थियो ।
कार्यक्रममा नेफ्स्कून सञ्चालक सिता ढकालले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव घनश्याम अधिकारी, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल, कार्यक्रमका अध्यक्ष खेमराज सुवेदी लगायतले कार्यक्रमको उद्देश्यसँगै अभियानका साझा सवालहरु, नेफ्स्कूनको रणनीति तथा बहसपैरवी, आदिबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमिल्सिनाले आईसीए एपी क्षेत्रको फिलिपिन्सको मनिलामा सम्पन्न साधारण सभाबाट तय भएको सहकारीः हाम्रो साझा सवाल’ (Cooperatives: Our Common Agenda) ले औल्याएका आधा दर्जन विषयहरुलाई कसरी साकोसहरुले आफ्नो कार्यक्रममा संलग्न गराउन सक्छन् भन्ने विषयसँगै अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई सदस्य संस्थाहरुले कसरी योजनामा राखेका छन् सो को पुनरावलोकन र पूर्वतयारीका विषयमा ६ वटा मुख्य सवालहरु केन्द्रीत प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारी संस्थाले खेल्नुपर्ने भूमिकाहरुको पहिचान, लक्ष्य निर्धारणसँगै कार्यक्रम तर्जुमा तथा कार्यन्वयनका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो भने संघका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले अन्त्यमा सार संक्षेपीकरण गर्नुभएको थियो ।
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१० दिन अगाडि
२३ घण्टा अगाडि
६ दिन अगाडि