नेफ्स्कूनको आयोजनामा बर्दिबासमा ‘सञ्जाल साझेदारी बैठक’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आयोजनामा बर्दिबासमा ‘सञ्जाल साझेदारी बैठक’

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा आज (२०८१ कार्तिक ७ गते बुधबार) महोत्तरीको बर्दिबासमा ‘सञ्जाल साझेदारी बैठक’ सञ्चालन गरिएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित बैठकमा संघका महासचिव घनश्याम अधिकारी, सञ्चालक शोभा राउत तथा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता छ । कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लासँगै बागमती प्रदेशको सिन्धुलीको पनि सहभागिता रहेको संघको स्थानीय व्यवस्थापनले साकोस आवाजलाई जानकारी गराएको छ ।

अन्तरक्रियात्मक बैठकमा संघका अध्यक्ष ढकाल तथा महासचिव अधिकारीको सहजीकरणमा सञ्जाल साझेदारीका विषयमा अन्तरक्रियात्मक छलफल भएको छ । अध्यक्ष ढकालले सञ्जाल साझेदारीको आवश्यकतासँगै संघको वर्तमान सञ्चालक समितिले यसलाई दिएको प्राथमिकताबारे चर्चा गर्नुभएको थियो । यसैगरी, नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । साथै उहाँले सञ्जाल साझेदारीले साकोस अभियान सुदृढ अनि सबल हुने धारणा राख्नुभएको थियो ।

बैठकमा अध्यक्ष ढकाल तथा महासचिव अधिकारीले सञ्जाल साझेदारी साकोस अभियानलाई सबल, सुदृढ र गतिशील बनाउने उद्देश्यसहित नेफ्स्कूनले सञ्जाल साझेदारीलाई छैठौं रणनीतिक योजनाको उच्च प्राथमिकतामा राखेको जानकारी गराउँदै यस अभियानमा मधेश प्रदेशबाट पनि साथ र सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो । नेफ्स्कूनले अभियानको सुझावहरु समेटेर सञ्जाल साझेदारी कार्यक्रमको मोडालिटी संशोधन गरेसँगै पछिल्लो समय यसमा सहभागिता वृद्धि भएको भन्दै मधेश प्रदेश साझेदारी कार्यक्रमको महत्वपूर्ण हिस्सा भएको दाबी आजको कार्यक्रममा अध्यक्ष ढकाल तथा महासचिव अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी सबै जिल्लाको बचत तथा ऋण सहकारी अभियानबारे जानकारी लिने काम नेफ्स्कून अध्यक्ष, महासचिव तथा सञ्चालक राउतसँगै प्रमुख कार्यकारी अधिकृतले गर्नुभएको छ भने भने सञ्जाल साझेदारीका विषयमा सहभागीहरुका राय, सल्लाह र सुझाव समेत संकलन गरिएको छ । सहभागी जिल्ला संघहरुका प्रतिनिधिहरुले राख्नुभएको जिज्ञासाको पनि सम्बोधन नेफ्स्कून अध्यक्ष र महासचिवले गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सञ्जाल साझेदारीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले सञ्जाल साझेदारीको महत्व, संघको रणनीतिक मार्गचित्रमा अटाएको सञ्जाल साझेदारीको उपादेयतासँगै यससम्बन्धी सफल अन्तर्राष्ट्रिय अभ्यास समेटेर प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कून व्यवस्थापनको पनि सहभागिता छ ।

नेफ्स्कूनले सहकारीका 'सहकारीका साझा सवालसम्बन्धी सचेतना कार्यक्रम' सँगै 'सञ्जाल साझेदारी बैठक' सातै प्रदेशमा गर्दैछ । यसको सुरुवात कोशी प्रदेशबाट गरिएको थियो । बर्दिबासमा हिजो 'सहकारीका साझा सवालसम्बन्धी सचेतना कार्यक्रम' सफलतापूर्वक सम्पन्न भएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप