काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरिने भएको छ ।
नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा आज (२०८१ असोज १४ गते सोमबार) बसेको संघको सञ्चालक समितिको ३ सय ३३औं बैठकले ३३ औं वार्षिक साधारण सभा २०८१ पुस ५ गते लुम्बिनी प्रदेशको बुटवलमा गर्ने निर्णय गरेको हो ।
संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीले सञ्चालक समितिले गरेको महत्वपूर्ण निर्णयबारे साकोस आवाजलाई जानकारी गराउनुभएको हो । नेफ्स्कूनले २०६४ सालपछि पहिलो पटक काठमाडौं बाहिर वार्षिक साधारण सभा गर्न लागेको हो । बरिष्ठ उपाध्यक्ष अधिकारीले धार्मिक, ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेको बुद्धभूमिमा हुने आगामी साधारण सभामा सबै सदस्यहरुको सक्रिय र उत्साहजनक सहभागिताको लागि पनि आग्रह गर्नुभएको छ । उहाँले संघीयताको मर्म अनुरुप साधारण सभा काठमाडौं बाहिर गर्न लागिएको बताउँदै यसले नयाँ प्रकारको सन्देश प्रवाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
२ दिन अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१० दिन अगाडि
२२ घण्टा अगाडि
६ दिन अगाडि