चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न, ११.५८% लाभाशं घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चण्डेश्वरी साकोसको ३२औं वार्षिक साधारण सभा सम्पन्न, ११.५८% लाभाशं घोषणा

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ वार्षिक साधारण सभा संस्थाका अक्ष्यक्ष नविन भक्त बादे श्रेष्ठको अध्यक्षता, संस्थाकी बयोबृद्धा सदस्य तुलसी माया कटिलाको प्रमुख आतिथ्यता, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका नव निर्वाचित अध्यक्ष अमन पोटेको विशिष्ठ आतिथ्यता र स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यतामा असोज १२ गते शनिबार विविध निर्णय तथा कार्यक्रमहरु संचालन सम्पन्न भएको छ ।

कार्यक्रममा बिशिष्ट अतिथि अमन पोटेले सहकारी संस्थाहरुमा हाल देखिएको समस्याहरु संस्था पुर्ण रुपमा नितिविधि अनुरुप नचल्दाका कारण उत्पन्न भएको बताउनु भयो । २००० साल भाद्रमा नेपालमै पहिलो पटक लाएण्ड मोर्टेगेज बैंंक एण्ड कोअपरेटिभ सोसाईटी नामको सहकारीको स्थापना गरी सहकारीको अवधारण नेपालमा भित्राउने बनेपाका स्थानीय प्रतिष्ठित व्यक्ति राजदाश बादे श्रेष्ठको योगदानको स्मरण गर्दै सोहि स्थान बनेपामा काभ्रेपलाञ्चोक जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चालित चण्डेश्वरी साकोसले पछिल्लो समयमा एक्सेस ब्रोन्ज ब्राण्ड(२०२२-०२३), सिल्भर ब्राण्ड(२०२३-०२४), नेफ्स्कून नेपालको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था २०८० आदि उपाधि प्राप्त गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएकोमा चण्डेश्वरी साकोसलाई हार्दिक बधाई दिनुभयो साथै सो उपाधिहरुलाई निरन्तरता दिन आवश्यक रहेको बताउनु भयो ।

साधारण सभामा उपस्थीत सम्पुर्णलाई संस्थाका उपाध्यक्ष रमेश काजी श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने संस्थाका सचिव बुद्ध रत्न मानन्धरले संस्थाको गत आव २०८०/०८१ को नीति तथा कार्यक्रमको समीक्षा र आव २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम योजना प्रस्तुत गर्नु भएको थियो । साथै संस्थाका कोषाध्यक्ष गणेश कुमार रञ्जितज्यूले आ.व. २०८०/०८१ को लागी ११.५८% लाभाशं घोषणा गर्दै संस्थाको आव २०८०/०८१ को आर्थिक प्रगति समीक्षा र आव २०८१/०८२ को आर्थिक कार्यक्रम र बजेट योजना प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी, संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राम प्रसाद श्रेष्ठज्यूले संस्थाको गत आव २०८०/०८१ को समग्र समीक्षा प्रतिवेदन पेश गर्नु भएको थियो । बालबालिकाहरुद्धारा बिभिन्न नृत्य तथा साँस्कृतिक धिमेबाजाको प्रस्तुतीहरुका साथ कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिब बुधरत्न मानन्धरज्यूले गर्नुभएको थियो भने सभाको समापन संस्थाका अध्यक्ष नबिन भक्त बादे श्रेष्ठज्यूले गर्नुभएको थियो । सभामा पुर्ण समय उपस्थिति जनाउने २० जना सदस्यहरुलाई आकर्षक उपहारहरु प्रदान गरिएको थियो । 

साधारण सभामा संस्थामा आबद्ध सदस्य तथा बाल सदस्यहरुले एस.ई.ई. २०८० मा सहभागी भई उत्तिर्ण भएका ४० जना छात्र छात्राहरुलाई सम्मान गरिएको थियो भने सो मध्य ६ जनालाई ज्योती प्रकाश सैँजु स्मृष्टि छात्रबृत्ति प्रदान गरिएको थियो । साथै संस्थामा उत्कृष्ट बित्तिय कारोबार गर्ने उत्कृष्ट बचतकर्ता तथा ऋणीहरुलाई बिभिन्न बिधाहरुमा सम्मान गरिएको थियो । बर्षाका कारण साधारण सभा कार्यक्रम केही प्रभावित भएपनि सदस्यहरुको उल्लेख्य उपस्थीतिका साथ सभा सम्पन्न भएको थियो ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप