काठमाडौं । बाबियाखर्क साकोसले हिजो अर्थात् भदौ ८ गते शनिबार मुख्य कार्यालय शान्तिगर, काठमाडौं अन्तर्गत तीज विशेष बचतमा आवद्ध सदस्यहरूका लागि तीज विशेष वित्तीय साक्षरता कार्यक्रम संचालक समिति सदस्य एवं महिला उपसमिति संयोजक श्रीभा नेपाल (न्यौपाने) को अध्यक्षतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा बाबियाखर्क साकोसकी महिला उपसमिति सदस्य सबिना न्यौपानेले सहभागीहरुलाई स्वागत गर्नुहुदै बाबियाखर्क साकोसले तीज बचतमा आवद्ध महिला सदस्यहरुका लागि आयोजना गरेको कार्यक्रमले दिदीबहिनीहरु वीच संस्थागत हितको वारेमा छलफल हुने र क्रमिक प्रकृतीका बचतको महत्व जानकारी हुन गई संस्था र सदस्य दुबैलाई फाइदा हुने धारणा ब्यक्त गर्नुभयो ।
सोही अवसरमा संस्थाका अध्यक्ष ऋषिराज घिमिरेले २०८१ सालको हरितालिका तीजको शुभकामना ब्यक्त गर्नु हुँदै वित्तीय साक्षरताले बचत परिचालन बारे सदस्यहरुलाई सिकाउने हु‘दा सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम उपयोगी हुने भएकोले साकोसले निरन्तर रुपमा आयोजना गर्दै आएको स्पष्ट पार्नुभयो । साथै उहाँले बचत तथा ऋण सहकारी संस्थाहरुले सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सदस्य जागरुक भए सहकारी संस्था सफल हुने धारणा ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा साकोसका प्रमुख कार्यकारी अधिकृत बल्देब कुमार पौड्यालले सहकारिता लगाएत वित्तीय साक्षरताका वारेमा जानकारी गराउनु भएको थियो । संचालक समितिकी सदस्य तारादेबी थपलिया (भेटवाल) ले कार्यक्रम संचालन गर्नुभएको थियो भने कार्यक्रममा २१५ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
उक्त अवसरमा तीज बिशेष बचतमा आवद्ध सदस्यहरु मध्ये सबैभन्दा बढी बचत गर्ने २ जना सदस्यलाई पुरस्कृत गरिएको थियो भने अन्त्यमा निःशुल्क दरखाने तथा नाचगानको समेत ब्यवस्था गरिएको थियो ।
तीज विशेष वित्तीय साक्षरता कार्यक्रमको अवसरमा साकोसकी सदस्य कल्पना खनालले सदस्यहरुको तर्फबाट मन्तब्य ब्यक्त गर्नु हुदै बाबियाखर्क साकोसले सदस्यहरुलाई सहकारीका आधारभुत पक्षहरुका वारेमा जानकारी गराउदै आएको र बचत गर्न सदस्यहरुलाई उत्प्रेरणा गर्ने किसिमका सदस्य केन्द्रित कार्यक्रमहरु आयोजना गरेको फलस्वरुप महिला सदस्यहरुको उत्साहवर्धक सहभागीता साकोसमा रहेको धारणा ब्यक्त गर्नुभयो । उहाँले सहभागी सवैलाई तीजको शुभकामना दिनुहुदै चाडपर्ब मनाउँदा मितव्ययी भई मनाउनुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यक्रममा बाबियाखर्क साकोसले संचालनमा ल्याएको आरोग्य बचत योजनामा सहभागी भई हस्पिटल भर्ना भई उपचार गर्नु भएकी सदस्य पार्बती भण्डारीलाई औषधि उपचार खर्च स्वरुप रु।२१,५१९ साकोसका अध्यक्ष ऋषिराज घिमिरेले प्रदान गर्नुभएको थियो ।
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
२ दिन अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१० दिन अगाडि
२२ घण्टा अगाडि
६ दिन अगाडि