एक्सेस अडिट-२०२४
जनउत्थान साकोसले पायो एक्सेस ब्रोञ्ज
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसले पायो एक्सेस ब्रोञ्ज

काठमाडौं । रुपन्देहीको कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्रोञ्ज ब्रान्ड प्राप्त गरेको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रर्वदित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तराष्ट्रिय मापदण्डको एक्सेस कार्यक्रममा आवद्ध जनउत्थानले ब्राण्ड प्राप्त गर्न सफल भएको हो । संस्थाले गत बर्ष सिल्भर ब्राण्ड प्राप्त गरेको थियो ।  यस बर्ष नेपालबाट जनउत्थानले मात्रै एक्सेस अडिट गराएको थियो । अघिल्लो वर्ष चण्डेश्वरी साकोसले पनि ब्राण्ड प्राप्त गरेको थियो ।

४० हजार १९० सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनउत्थान मुलुककै एक अग्रणी एवम् उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित छ । विगतमा एक्सेस सिल्भर ब्राण्ड प्राप्त गरिसकेको जनउत्थान साकोसले नेफ्स्कून, राष्ट्रिय सहकारी बैंक, लगायत थुप्रै निकायबाट सम्मान पुरस्कार प्राप्त गरिसकेको छ ।

सदस्य र समुदाय केन्द्रीय वित्तीय गर्दै आएको संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा समेत उल्लेख योगदान पुन्याएको छ । संस्थागत पुँजीलाई  प्राथमिकतामा राखेर अगाडि बढेको संस्थामा जगेडा कोषमा मात्रै ३४ करोड  पुगेको छ । जगेडा कोषलाई क्रमश वृद्धि गर्दै जाने र १ अर्बको कोष पुगेपछि शुन्य प्रतिशत मार्जिनमा सदस्यहरुलाई ऋण लगानी गर्ने लक्ष्य साकोसले लिएको छ । अहिले पनि संस्थाले सदस्यहरुलाई विना प्रशासनिक शुल्क ऋण लगानी गर्दै आएको छ भने सदस्य बन्दा पनि प्रवेश शुल्क नलिने गरको साकोसका व्यवस्थापक रन बहादुर थापाले जानकारी दिनुभयो । संस्थाले ठुलो ऋणलाई भन्दा पनि सानो ऋणलाई प्राथमिकता दिएका कारण संस्था सुरक्षित रहेको उहाँ बताउनुहुन्छ ।

संस्थाले घर निर्माणको लागि बढीमा ५० लाखसम्म ऋण लागनी गर्ने गरेको छ भने व्यापार व्यवसाय र कृषिका लागि  दश ÷पन्ध्र लाखसम्म ऋण लगानी गर्ने गरेको छ । सरकारले सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकेको भए पनि  संस्थाले भने घर निर्माणका लागि ११ प्रतिशत, कृषि तथा व्यापार व्यवसायको लागि १० प्रतिशत र बचत धितोमा ८।५ प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ । संस्थाले ससानो ऋणलाई प्राथमिकता दिएको कारण कुल सदस्य मध्ये २७ प्रतिशत अर्थात १० हजार बढीले ऋण लिएका छन् ।

२२ हजार घर धुरीका ४० हजार सदस्य संस्थामा आवद्ध रहेको र त्यसका आधारमा हेर्दा ऋण लिने सदस्यको संख्या ५० प्रतिशत हुन आउने व्यवस्थापक थापाले बताउनुभयो । एक जना सदस्यले १० हजार भन्दा बढीको शेयर खरिद गर्न नपाउने र नाफाका लागि भन्दा पनि सदस्यलाई सेवा प्रदान गर्ने उदेश्यका संस्था अगाडि बढेको उहाँको भनाइ छ । संस्थाबाट सदस्यले आर्थिक लाभ नभई सहज  र सरल रुपमा सेवा पाउने उहाँले उल्लेख गर्नुभयो ।

अकूले उक्त सम्मान आगामी सेप्टेम्बरमा इन्डिोनेसियाको बालीमा आयोजना हुने अकू फोरमको समयमा प्रदान गर्ने कार्यक्रम छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप