काठमाडौं । नेफ्स्कूनले साकोसका लेखा सुपरिवेक्षण समिति (लेसुस) हरुको सक्षमता अभिवृद्धिका लागि पर्सिबाट काभ्रेको धुलिखेलमा तालिम आयोजना गरेको छ ।
साकोस सञ्चालनमा लेखा सुपरिवेक्षण समितिको भूमिका अत्यन्त महत्वपूर्ण हुने भएपनि विविध कारणबश ओझेलमा परेको समितिलाई सान्दर्भिक र सामयिक तालिमको आवश्यकता बोध गरी तालिम आयोजना गरिएको नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवम् प्राचार्य सञ्जयराज तिमिल्सेनाले बताउनुभयो ।
‘सञ्चालक समितिका लागि थुप्रै तालिम र अवसहरु भएपनि तुलनात्मक रुपमा लेसुसका लागि नभएको अवस्था छ, तिमिल्सेनाले भन्नुभयो, ‘त्यही भएर नेफ्स्कूनले यो तालिम आयोजना गरेको हो । लेसुस सहकारीको आन्तरिक नियन्त्रक हो । बलियो आन्तरिक नियन्त्रण प्रणाली भयो भने संस्था सुशासित, दिगो र व्यावसायिक बन्छ, त्यही भएर यो अवसर सृजना गरिएको हो ।’
सहकारी भित्र सुशासनको पहरेदार लेखा सुपरिवेक्षण समिति संस्थाको वाचडग हो । वाचडगले संस्थाभित्र नीति विधिको पूर्ण परिपालना भए नभएको सुनिश्चित गरी खबरदार गर्ने काम गर्छ । साधारण सभाप्रति उत्तरदायी लेसूसमा सहकारी सञ्चालनको प्राविधिक ज्ञान आवश्यक छ जसको पूर्ति तालिमले गर्ने दाबी उहाँले गर्नुभयो ।
नेफ्स्कूनले लेसुसको सक्षमता अभिवृद्धिका लागि २०८१ बैशाख २५ र २६ गते काठमाडौंमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीबाट प्राप्त सुझावहरु समेत समेटेर नेफ्स्कूनले लेसुसको भूमिकालाई प्रभावकारी बनाउन मागनिर्देशनहरु तयार गरेको छ ।
नेफ्स्कूनका प्राचार्य तिमिल्सेनाले भन्नुभयो, ‘तीन दिनसम्म चल्ने यो तालिम हामीले सोही मार्गनिर्देशनमा आधारित रहेर सञ्चालन गर्दैछौं जसले गर्दा लेसुसलाई थप नवीन र उपयोगी विषयहरुबारे अभ्यस्त हुने मौका मिल्नेछ । लेसुसका सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास र अनुभवको मिश्रण तालिमको विषयवस्तु बनेको छ । त्यसैले पनि यो विशेष तालिममा सहभागी हुन म सम्बन्धित सबैलाई आग्रह गर्दछु ।’
१७ घण्टा अगाडि
२३ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
२ दिन अगाडि
४७ दिन अगाडि
६० दिन अगाडि
५८ दिन अगाडि