सदस्यको मझेरीमा मनको कुरा सुन्दै सुनाउँदै विकू साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यको मझेरीमा मनको कुरा सुन्दै सुनाउँदै विकू साकोस

काठमाडौं । नेपालकै उत्कृष्ट एवं प्रतिष्ठित सहकारी विकू बचत तथा ऋण सहकारी संस्था लि. को ‘सदस्य सँगसँगै विकू कार्यक्रम’ ले ६२औं श्रृङ्खला पूरा गरेको छ । कार्यक्रम अन्तर्गत समुदाय र सदस्य स्तरमा समुदायमा सदस्यहरु सँगै सदस्यको मझेरीमै बसेर जानकारी तथा भलाकुसारी गर्ने गरिन्छ । जहाँ सदस्यका कुरा, सुझाव तथा आग्रह र अनुरोधलाई उच्च महत्व दिई संस्थागत विकासका लागि अपनत्व ग्रहण गरिन्छ भने संस्थाले सदस्य केन्द्रित भई खुसी एवं स्वस्थ सदस्य निर्माणका लागि सञ्चालन गरेका गर्भदेखि स्वर्ग सम्मका वित्तीय तथा गैर वित्तीय कार्यक्रमहरु बारे जानकारी आदान प्रदान गर्ने गरिन्छ ।

दैनिक जीवनयापनमा आइपरेका व्यक्तिगत तथा पारिवारिक समस्या समाधानका सहज र सरल उपायहरु प्रदान गरिन्छ । विशेषगरी बचत, ऋण, रेमिट्यान्स र बीमा कार्यक्रमहरु वित्तीय कार्यक्रम अन्तर्गत राखिएको छ भने गैर वित्तीय कार्यक्रमहरु सामाजिक सुरक्षासँग सम्बन्धित छन् । जस अन्तर्गत छात्रवृत्ति कार्यक्रम, सदस्यको करेशावारी हरियो तरकारी अन्तरगत महिला समुह (प्रत्येक समुहमा कम्तिमा ३१ जना महिला सदस्यहरुको सहभागीता), ज्येष्ठ सदस्यको लागि विकूको टेक्ने लठ्ठी, सुत्केरी भेटघाट तथा शिशु दर्शन कार्यक्रम, गर्भवती सदस्यको लागि पौष्टिक आहार, सदस्यको मृत्यु भएमा अन्तिम संस्कारका लागि रु.३० हजार राहत रकम, व्यावसायिक तथा सीपमूलक तालिम, निव्र्याजी सुत्केरी सहयोग ऋण, परिवार नियोजन सहयोग, स्कुल स्कुलमा विकू कार्यक्रम, स्थानीय वडा संगको सहकार्यमा पूर्ण सदस्य वडा घोषणा गरिएको, पालीका संगको सहकार्यमा स्थानीय टोल विकास तथा महिला समुहहरुको क्षमता विकास कार्यक्रम, निरन्तर सदस्य केन्द्रित वित्तिय, स्वास्थ्य तथा प्रविधि शिक्षा, डस्टविन वितरण, मोवाईल टेलर सेवा, सदस्य स्वास्थ्य विमा, सदस्य सर्वेक्षण, दैनिक उपभोग्य विद्युतिय सामानको सहज उपलव्धता, स्थानीय प्रतिष्ठित अस्पतालहरुमा सदस्यहरुलाई उपचारमा विशेष सहुलियतको व्यवस्था लगायतका दुई दर्जन भन्दा बढि प्रत्यक्ष सदस्य संग सम्वन्धित र केन्द्रित सामाजिक सुरक्षाका कार्यक्रमहरु प्रदान गर्दै आईरेहको छ । सदस्यसँगको यस श्रृखलामा पनि सदस्यको घर दैलोमा संस्थाका सेवाहरु बारे जानकारी तथा भलाकुसारी गर्ने गरिएको छ । 

हाम्रो लक्ष्य खुसी एवं स्वस्थ्य सदस्य भन्ने अभिप्रायका साथ आफ्ना सबै कार्यक्रमहरुलाई गर्भदेखि स्वर्ग सम्मको एकीकृत अभियानमा परिचालित गरेको छ । समयानुकुल आफ्ना सेवाहरुलाई सदस्य मैत्री तथा परिमार्जन गर्दै आईरेहको छ । पछिल्लो समयमा वित्तीय थप लगानी गरि बन्द भएका व्यापार व्यवसायहरुलाई सञ्चालनमा ल्याउने उद्देश्यले सहुलियत व्याजदरमा पुनरउत्थान ऋण सुरु गरेको छ भने नियमित रोजगारीमा आवद्ध मासिक तलबी कर्मचारीहरुलाई केन्द्रित गरि तलबी ऋण, सदस्य जमानीमा लिएको ऋणवाट गरिएको व्यवसायको थप विस्तार तथा पुनरसंचालनको लागि अमृत ऋण, नियमित ऋण भक्तानीमा छुटको व्यवस्था, रु.५० हजार सम्म निव्र्याजी आकस्मकि ऋण, मिस्ड ऋण सेवा, सदस्य बडापत्र, सदस्य स्वागत, सूचना अधिकारी तथा कम्पलायन्स अधिकारीको व्यवस्था, सदस्यको गुनासो तथा दुखेसो व्यवस्थापन अधिकारीको व्यवस्था लगायतका उत्कृष्ट र अनुकरणीय सदस्य केन्द्रित तथा सदस्य मैत्री कार्यक्रमहरु निरन्तर सञ्चालन गरिरहेको  छ । 

नेपालमै प्रविधि प्रयोगमा अग्रणी एवं अनुकरणीय कार्य गर्दै आइरहेको संस्थाले चालु आर्थिक वर्षको अन्त्य सम्म करिब ७० प्रतिशत सदस्यमा प्रविधिको पहुँच विस्तार गर्ने योजना रहेको छ । हाल करिब ५० प्रतिशत सदस्यहरु प्रविधि प्रयोगको दायरामा आइसकेको विकूले जनाएको छ । हाल संस्थामा करिब १ लाख २० हजार शेयर सदस्य, करिब ९ हजार वाल सदस्य, २४ वटा सेवा केन्द्र र करिब १० अरबको कुल सम्पत्तिरहेको छ भने ६ ठाउँबाट एटीएम सेवा प्रदान गरिरहेको । 

नेपालमै पहिलो पटक जलवायु अनुकुलन कार्यदल गठन गरी जलवायु परिवर्तन र यसको असरका वारेमा आधाकारीक नितिनै तय गरि ग्रीन सहकारीको अवधारणालाई अगाडी बढाएको छ । 'विधिले सञ्चालन हुनु पर्छ व्यक्तिले होइन' भन्ने मान्यतालाई शुरुवात देखिनै अबलम्बन गर्दै आएको यस सस्था सुसाशनमा पनि अब्बल रहेको छ ।

संघीय सरकार अन्तरगत सहकारी विभागको प्रत्यक्ष नियामकीय दायरामा रहेको विकू साकोस विगतमा लामो समय सम्म नेपाल राष्ट्र बैंकको सुपरिवेक्षीय क्षेत्रमा रहेकाले पनि वित्तिय क्षेत्रमा अनुकरणीय रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रवाट पनि संस्थाको अध्ययन तथा अवलोकन हुने गर्दछ । गत वर्ष मात्रै १०३ वटा देश भित्र वाट र ९ वटा देश वाहिरका विभिन्न प्रकृतिका संस्थाहरुले अध्ययन तथा अवलोकन गरेका थिए भने १२ जनाले यस संस्थाकै बारे सोधपत्र तयार पनि गरेका छन् ।

मिक्स मार्केट ईन्टरनेशनलवाट फाईव स्टार, एक्सेस ब्राण्ड, युरोपियन एवार्डका लागि सूचिकृत, आन्तरीक राजश्व कार्यालय, सहकारी विभाग, जिल्ला सहकारी कार्यालय, एससिटि यूनियन पे नेटवर्क, नेफ्स्कून, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी कार्यालय, जिल्ला बचत संघ लगायत दर्जनौ संघ संस्थावाट उत्कृष्टताको पुरस्कार समेत प्राप्त गरिसकेको छ । सबैको पहिलो रोजाई भन्ने परिकल्पना साथ अगाडि बढिरहेको संस्था बास्तबमै सबैको रोजाइमा पर्दै गएको देखिन्छ । 

 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१० घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१० घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप