नेफ्स्कून–जाईका प्रतिनिधिबीच भेटवार्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून–जाईका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) का प्रतिनिधिबीच आज भेटवार्ता भएको छ । संघको केन्द्रीय कार्यालयमा प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन टोली तथा जाइका अन्तर्गत जापान इकोनोमिक रिसर्च इन्स्टिच्यूटका प्रमुख परामर्शदाता हिरोफुमी अजेटा तथा जाइका नेपालका प्रतिनिधि राजु श्रेष्ठले भेट गरी अन्तरक्रियात्मक छलफल गर्नुभएको हो । सन् १९७४ मा स्थापना भएको जाईकाले गरिबी निवारण, आर्थिक विकास, सुशासन सुदृढीकरण, जलवायु परिवर्तन आदिका क्षेत्रमा नीतिगत विकास तथा अनुकूल वातावरण तयार पार्न आर्थिक एवम् प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

भेटमा दुई निकायबीच सहकार्य र सम्बन्ध विस्तारका विषयमा खुला छलफल भएको थियो । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. सापकोटाले सन् १९८८ मा स्थापना भएको नेपाली सहकारी अभियानको जेठो संघ नेफ्स्कूनले समुदायका विपन्न पिछडिएका र अल्पसंख्यक समुदायको सामाजिक आर्थिक तथा साँस्कृतिक उन्नयनका लागि सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित रहेर सदस्य संस्थाहरुमार्फत गरेका कामहरुबारे संक्षिप्तमा अवगत गराउनुभएको थियो । साथै उहाँले नेफ्स्कूनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल तथा पहुँचसँगै कारोबारबारे पनि चर्चा गर्नुभएको थियो । 

भेटमा जाईकाका लागि प्रमुख परामर्शदाता अजेटाले नेफ्स्कूनको गतिविधि र योगदानबारे जानकारी पाएकोमा प्रशंसा व्यक्त गर्दै नेपालमा विगत लामो समयदेखि सरकार तथा अन्य निकायसँग काम गर्दै आएको जाईकाले आगामी दिनमा नेफ्स्कूनसँग पनि सहकार्य गर्न सक्ने सम्भावना व्यक्त गर्नुभयो ।

भर्खरै
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ मिनेट अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

३३ मिनेट अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२२ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

लोकप्रिय
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

६ मिनेट अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

३३ मिनेट अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप