सल्यान । ग्रामीण साकोस सल्यानको आयोजना तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा मंसिर ४ र ५ गते 'नेतृत्व क्षमता विकास तालिम' सञ्चालन गरिएको छ । संस्थाको सभाहलमा आयोजित तालिममा साकोसको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति तथा उच्च व्यवस्थापनको सहभागिता थियो ।
साकोसको नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा नवगठित उपसमितिको सक्षमता विकासको लागि तालिम आयोजना गरिएको हो । ग्रामीण साकोसमा २०८० साल असोज २३ गते नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको थियो । यसैगरी, नयाँ सञ्चालक समितिले विभिन्न उपसमितिहरु पनि गठन गरेको थियो । नवनिर्वाचित समिति तथा नवगठित उपसमितिहरुलाई आफ्नो जिम्मेवारीसँगै साकोसमा नेतृत्वको भुमिका विषयमा जानकारी गराउन तालिम राखिएको हो । ग्रामीण साकोसले नीति, विधि र प्रविधिमार्फत सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गरी उनीहरुको आर्थिक, समाजिक तथा साँस्कृतिक विकासमा सहयोग पुर्याउने उद्देश्य लिएको छ ।
तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष लक्षमण कुमार राईले गर्नुभएको थियो भने जिल्ला सहकारी संघ लि. सल्यानका अध्यक्ष केशव श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । तालिम सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । संस्थाका उपाध्यक्ष धिरज रावतले स्वागत मन्तव्य राख्नुभएको उद्घाटन कार्यक्रम संस्थाकी प्रबन्धक शान्ता राईले सञ्चालन गर्नुभएको थियो ।
विगत ६ वर्ष देखि निरन्तर प्रोवेसन ब्राण्ड प्राप्त समुदायमा आधारित र सदस्य केन्द्रीत ग्रामीण साकोस हाल एक्सेस स्तरीकरण कार्यक्रममा आबद्ध छ । २७ करोड १५ लाख कूल सम्पत्ति रहेको साकोसमा ८ जना कर्मचारीले २२६७ सदस्यलाई सेवा प्रवाह गरिरहेका छन् । साकोससँग हाल २ करोड ९४ लाख (१०.८४ प्रतिशत) संस्थागत पुँजी रहेको छ । बलियो संस्थागत पुँजी बलियो साकोसको द्योतक मानिन्छ ।
साकोसका अध्यक्ष राईले ले ग्रामिण साकोस नीति, विधि र प्रविधिमार्फत संचालन भएको दाबी गर्नुभयो । उहाँले सदस्यहरुको बचतको सुरक्षा गर्दै उनीहरुको आर्थिक जिवनस्तर उकास्ने कार्यमा लागिरहेको अवस्थामा नयाँ निर्वाचित समिति तथा उपसमितिहरुलाई काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउन तालिम आयोजना गरिएको भन्दै यसले संस्थालाई वित्तीय रुपमा सुरक्षित गर्दै सदस्यलाई गुणस्तरिय सेवा प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
तालिमका सहभागीहरुले सिकाइलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँहरुले समिति तथा उपसमितिको भूमिकाबारे प्रष्ट भएको भन्दै तिनकै आधारमा सदस्यमैत्री साकोस सञ्चालनमा आ-आफ्नोतर्फबाट सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो ।
६ मिनेट अगाडि
३३ मिनेट अगाडि
१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
६ मिनेट अगाडि
२ दिन अगाडि
३३ मिनेट अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२२ घण्टा अगाडि