चन्द्रागिरि साकोसको आयोजनामा एक्सेस बागमती क्लष्टर तेस्रोको ३३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
चन्द्रागिरि साकोसको आयोजनामा एक्सेस बागमती क्लष्टर तेस्रोको ३३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंको आयोजनामा एक्सेस ब्राण्डिङ बागमती क्लस्टर तेश्रो व्याचको ३३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला शुक्रबार सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । काठमाण्डौं, ललितपुर, धादिङ र चितवन जिल्लाका ७ वटा संस्थाको सहभागितामा सञ्चालन भएको उक्त कार्यक्रममा नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई बधाई ज्ञापन गरिएको थियो ।

नेफ्स्कूनका अध्यक्ष पौडेलले संस्थाहरुले सदस्यहरुसँंग नजिकको सम्बन्ध कायम गरी विश्वास आर्जन गर्नु नै आजको मुख्य आवश्यकता रहेको औंल्याउँदै सहकारी साख पुनरुत्थानको लागि अभियान र सरकार दुवै पक्ष निर्दिष्ट उद्देश्यका साथ अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो । नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाले असहज परिस्थितिहरुमा पनि असल अभ्यास गर्नुलाई नै गुणस्तर भनिन्छ भन्ने विचार व्यक्त गर्नुभयो । चन्द्रागिरि साकोसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले व्यवसायिक अभ्यासहरु गर्दै गर्दा सामाजिक हित, मानवीय संवेदना पनि सँगसँगै विचार गर्नुपर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा सहभागी बाबियाखर्क साकोस काठमाण्डौ, चन्द्रागिरि साकोस काठमाण्डौं, हाम्रो साकोस ललितपुर, नयाँपाटी साकोस काठमाण्डौं, साहारा महिला साकोस धादिङ, श्रोत परिचालन साकोस धादिङ र युनिक साकोस चितवनका कार्यकारी प्रमुखहरुले २०८० वैशाख देखि श्रावण सम्मको प्रगति विवरणहरु प्रस्तुतीकरण गर्नुभएको थियो भने नेफ्स्कूनका बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले नेफ्स्कूनको स्वनियमन मार्गनिर्देशनको बारेमा प्रकाश पार्नुको साथै कार्यशालको सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बरिष्ठ सहकारीविद केशव वहादुर थापाले सहकारी संस्थाहरुले अन्य क्षेत्रहरु प्रवेश गर्नु पूर्व आफ्नो वरपर छुटेका व्यक्ति र घरधुरीलाई नै समेट्न प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त ३३ औं कार्याशालाले सहकारी संस्थाका नीति तथा आन्तरिक कार्यविधिहरु पुनरावलोकन गर्ने, मासिक प्रतिवेदनहरु पेश गर्दा नेफ्स्कून एम.आई.एस. मार्फत पेश गर्ने, ऋण नीति अद्यावधिक गर्दा ऋण विश्लेषण विधिमा जलवायुमा पहल स्वरुप छैठौं सूचक समावेश गर्ने र साकोसहरुको छवि निर्माणको लागि सदस्यहरुसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । उक्त व्याचको आगामी कार्यशाला नयाँपाटी साकोसको आयोजनामा आगामी मंसिर ८ गते हुने निर्णय भएको छ ।

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप