काठमाडौं । नेफ्स्कूनको यस वर्ष विनियोजित प्रवर्धनात्मक कार्यक्रमहरुमध्ये पेप्सीकोला सेवा केन्द्रको आयोजनामा २ दिने सुरक्षित ऋण लगानी तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । तालिममा पेप्सीकोला सेवा केन्द्र अन्तर्गतका सदस्य संस्थाहरुबाट ३३ जना सहभागी रहेका थिए । तालिममा ऋण लगानी तथा अनुगमन प्रक्रिया, भाखा नाघेको ऋण व्यवस्थापन, ऋणका जोखिमहरु र ऋण असुलीका कानुनी प्रावधानहरु लगायतका विषयमा छलफल भएको थियो ।
तालिममा संघका व्यवसाय विभाग प्रमुख दुर्गा प्रसाद ढकालले सहकारी अभियानको समसामयिक विषयमा चर्चा गर्नुभएको थियो । नेफ्स्कूनले समसामयिक विषयमा आयोजना गरेको यस तालिम अत्यन्त उपयोगी रहेको सहभागीहरुको धारणा रहेको थियो । तालिमको सहजीकरण संघका अन्तरलगानी अधिकृत मनोज बुढाथोकीले गर्नुभएको थियो भने व्यवस्थापन पेप्सीकोला सेवा केन्द्रले गरेको थियो ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२१ घण्टा अगाडि
९ दिन अगाडि