नेपालगञ्ज । बाँके जिल्लामा सञ्चालित विभिन्न सहकारीहरुका लागि तरलता व्यवस्थापन तालिम सञ्चालन भएको छ । नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्जको आयोजनामा बुधबार सञ्चालित तालिममा विभिन्न सहकारीका ४८ जना सहकारीकर्मीहरु सहभागी थिए ।
जिल्ला बचत संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीको अध्यक्षता र राष्ट्रिय सहकारी बैंककी सञ्चालक विजया धितालको प्रमुख आतिथ्यतामा तालिमको शुभारम्भ भएको थियो । तालिम उद्घाटन सत्रमा नेफ्स्कून फिल्ड व्यवस्थापन उपसमिति सदस्यहरु मिना सिग्देल, नेत्र प्रसाद सापकोटा र नवराज अधिकारीको विशेष उपस्थिति रहेको थियो ।
सहकारीको समसामयिक समस्यालाई लिएर नेफ्स्कूनले आयोजना गरेको तरलता व्यवस्थापन तालिम अत्यन्त उपयोगि रहेको सहभागी बक्ताहरुले बताउनुभएको थियो । उहाँहरुले बाँके र बर्दिया जिल्लाको सहकारी अभियान सुदृढीकरणका निमित्त, सञ्चालक समिति तथा कर्मचारीहरुको कार्य क्षमता अभिवृद्धिका लागि र सहकारीका सदस्यहरुमा वित्तीय शिक्षा विस्तार गर्नका लागि विभिन्न तालिमहरु आवश्यक भएको बताउँदै नेफ्स्कूनद्वारा आयोजित तालिम अत्यन्त प्रभावकारी रहने विचार व्यक्त गर्नुभएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत पवनजंग मल्लले सहजीकरण गर्नुभएको उक्त तालिमको उद्घाटन सत्र सञ्चालन तथा व्यवस्थापन फिल्ड कार्यालय इन्चार्ज गौतम साहले गर्नुभएको थियो ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२१ घण्टा अगाडि
९ दिन अगाडि