काठमाडौं । संघीय सहकारी विभागको रजिष्ट्रारमा नमराज घिमिरेको पदबहाली भएको छ। यसअघि बन तथा वातावरण मन्त्रालयमा सहसचिव रहनुभएका घिमिरे मन्त्रीपरिषद्को निर्णयसँगै सहकारी मन्त्रालयत मातहत विभागमा सरुवा हुनुभएको हो । घिमिरेले विहिबारदेखि विभागको जिम्मेवारी सम्हाल्नुभएको हो।
गत साता मन्त्रीपरिषद्को निर्णयबाट रजिष्ट्रार रुद्रप्रसाद पण्डितलाई गृह मन्त्रालयमा र बन तथा वातावरण मन्त्रालयका सहसचिव नमराज घिमिरेलाई सहकारी मन्त्रालय मातहत विभागमा सरुवा गरेको थियो । मन्त्रिपरिषद बैठकले विभिन्न मन्त्रालय, विभाग, प्रदेश तथा निकायमा कार्यरत २६ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
गतवर्षको फागुनमा विभागको रजिष्ट्रार बन्नुभएका पण्डित एक बर्ष नबित्दै सरुवा हुनुभएको हो ।
सहकारी अभियान सुधारका लागि पण्डितले महत्वपूर्ण निर्णयहरु गर्नुभएको थियो । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष गठन तथा कार्यान्वयन, कोपोमिस सफ्टवेयर कार्यान्वयनदेखि ३५ बुँदे निर्देशिका र कर्जा सूचना केन्द्र स्थापना गर्न रजिष्ट्रार पण्डितको पहल रहेको थियो ।
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२१ घण्टा अगाडि
९ दिन अगाडि