काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानमा “सहकारी अभियान उन्नतिको आधार हो” बोलको नयाँ साकोस गान सार्वजनिक भएको छ । नेफ्स्कूनले ३५औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको नयाँ गीतका रचनाकार सर्जक प्रकाश भूर्तेल र संगितकार शिशिर योगी हुनुहुन्छ । साकोस गीतको लोकार्पण नेफ्स्कूनको ३५औं स्थापना दिवस विशेष समारोहका अवसरमा श्रावण ३१ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गर्नुभएको थियो ।
गीतको संगित संयोजन नेपालका लोकप्रिय संगितकार तथा संगित संयोजक बी.बी.अनुरागीले गर्नुभएको छ । शिशिर योगी र श्रृती योगीको सामुहिक स्वर रहेको साकोस गीतको ध्वनी सम्पादन चर्चित युवा सम्पादक श्यामस्वेत रसाइलीले गर्नुभएको छ । १ मिनेट ४० सेकेण्डको गीतलाई बीच बीचमा बासुरी र सारङ्गीका धुनहरु जोडेर २ मिनेट ५० सेकेण्डको बनाइएको छ । नृत्य राख्न सकिने र गीत मात्रै पनि गाउन सकिने गरी रचना भएको यस गीतका रचनाकार एवम् सर्जक प्रकाश भूर्तेल, २०६८ सालदेखि सहकारी अभियानमाझ लोकप्रिय बनिरहेको हातमा हात मिलाउँ, साथमा साथ मिलाउँ गीतका सर्जक हुनुहुन्छ । सहकारी अभियन्ता समेत रहनुभएका भूर्तेलले गीत मार्फत सहकारी क्षेत्रको विकास र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ ।
नेफ्स्कूनले सहकारी गीत रचनाका लागि सर्जकहरुलाई आव्हान गरेको थियो भने १६ जना सर्जकहरुले गीत सहितको निवेदन पेश गर्नुभएको थियो । प्राप्त गीतहरु छनोटका लागि संस्कृत विश्वविद्यालयका प्राध्यापक डा.सुधन पौडेल, प्राध्यापक केशव सुवेदी, नेफ्स्कूनका महासचिव दामोदर अधिकारी सहितको छनोट समितिले प्रथम, द्वितीय र तृतीय गीत छनोट र शब्द सम्पादन गर्नुभएको थियो ।
छनोट भएका तीनवटा गीतहरुमध्ये सर्जक तुलसीहरि प्रजापतीको रचना तृतीय, सर्जक लक्ष्मी नारायण दुवालद्वारा रचित गीत द्वितीय र सर्जक प्रकाश भूर्तेलद्वारा रचित गीत प्रथम भएको थियो ।
स्थापना दिवस विशेष समारोहका अवसरमा सर्जक भूर्तेल, गीत छनोट समितिमा रहनुभएका प्रा.डा. सुधन पौडेल र प्रा.केशव सुवेदीलाई सम्मान गरिएको थियो ।
सहकारी अभियान माझ श्रावण ३१ गते नेफ्स्कून स्थापना दिवसका अवसरमा लोकार्पण भएको सहकारी गीतको शब्द यहाँ प्रस्तुत गरिएको छः
रचनाः प्रकाश भूर्तेल
सम्पादनः प्रा.डा. सुधन पौडेल र प्रा. केशव सुवेदी
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२२ घण्टा अगाडि
२४ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
२१ घण्टा अगाडि
९ दिन अगाडि