सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य संघ संस्थाहरुलाई राष्ट्रिय सहकारी महासंघको अपिल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि. नेपालले सदस्य संघ संस्थाहरुलाई वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढी तरलता कायम राख्न अपिल गरेको छ । 

महासंघले आज ९ बुँदे अपिल जारी गर्दै कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मुल्यबृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानीयोग्य रकमको अभाव भएको अवस्थामा वित्तीय जोखिम विश्लेषण गरेर मात्र लगानी गर्न अनुरोध गरेको हो । 

करिब एक बर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेकोले महासंघले आफ्ना सदस्य संघ संस्थाहरुलाई सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राखेर कारोबार गर्न अपिल गरेको छ ।
 
महासंघले सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न, सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न र जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ । 

महासंघले परिस्थिति सहज नहुदासम्म घरजग्गा लगायत अनुत्पादक क्षेत्र एवं ठूला लगानी नगर्न सहकारी संघ संस्थाहरुलाई अपिल गरेको छ ।  महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजवुद बनाउन र सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसँग नियमित सम्पर्कमा रहदै यथासम्भव अभियानभित्रै कारोबार गर्न अपिल गरेको छ । 

राष्ट्रिय सहकारी बैंक, केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसँग नियमित सम्पर्क र समन्वय गरी संस्था सञ्चालनमा आवश्यक सहजीकरण गर्न र  सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसँग मात्र कारोबार गर्न महासंघको अपिल छ । 


 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२१ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२ घण्टा अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप