‘सहकारी सञ्चालनमा ऐन, नियम र निर्देशनको ख्याल गर्नुस्’  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी सञ्चालनमा ऐन, नियम र निर्देशनको ख्याल गर्नुस्’  

भक्तपुर । सूर्यविनायक नगरपालिकाकी नगर उपप्रमुख सरिता भट्टराईले सहकारी संघ संस्थाले गर्ने हरेक निर्णय सहकारीका ऐन नियम र निर्देशनलाई विचार गरेर मात्र गर्नुपर्ने बताउनुभएको छ । 

भक्तपुर जिल्ला बचत संघको सुर्यविनायक नगर सहकारी समन्वय उपसमितिको आयोजनामा बुधबार सञ्चालित “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, COPOMIS र goAML” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उपप्रमुख भट्टराईले सहकारी संघ संस्थाले सदस्यको बचतको सुरक्षामा विशेष चिन्ता राख्नुपर्ने भन्दै सहकारी मार्फत हुने गतिविधिमा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सहकारीको पैसा सहकारीमा राखेर अभियानलाई बलियो बनाउनुपर्ने बताउनुभयो । जस्तोसुकै समस्या पर्दापनि अभियानभित्रैबाट समस्या समाधान गर्न सकिने हुनुपर्छ, उहाँले भन्नुभयो, “एउटा संस्थालाई समस्या पर्दा अरु सहकारीलाई पनि असर पर्ने भएकोले विभागद्वारा जारी ३५ बुँदे निर्देशनको पालना गरी सुशासनमा रहन र स्तरीकरण कार्यक्रममा सहभागी भई गुणस्तर र क्षमतामा सुधार ल्याउन पहल गर्नुहोस् ।”

सहकारी क्षेत्रको विकास र प्रवर्धनका लागि सूर्यविनायक नगरपालिकाले आर्थिक बर्ष २०७९ /०८० मा सहकारी क्षेत्रमा ३१ लाख बजेट छुट्याएको पनि जानकारी गराउनुभयो । 

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशन सकारात्मक रहेको बताउनुभयो । निर्देशनमा हाल प्रक्रिया नपुर्याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिकाबारेमा प्रस्तुत गर्नुभयो । साथै goAML मा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण गर्नुभयो । राज्यले सहकारी प्रवर्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले सकारात्मक सोचका साथ कोपमिस र goAML सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सभापति संघका संचालक एवम् उपसमितिका संयोजक काजी बहादुर पञ्चले कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निदेशन, कोपमिस र goAMLमा आबद्ध हुनु अनुरोध गनुभयो । हाल सहकारीमा सुशासनकै अभावमा संचालकले घर जग्गामा लगानी, संचालकको स्वार्थ र कर्मचारीको बदमासीले समस्याहरु देखिएको बताउनुभयो । 

कार्यक्रममा स्वागत मन्तव्य उपसमितिका सदस्य कंचन कृष्ण न्यौपानेले गर्नुभयो । अन्र्तक्रिया कार्यक्रममा सूर्यविनायक नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ५४ जनाको सहभागिता रह्यो । कार्यक्रमको संचालन उपसमितिका सदस्य मिठारा न्यौपानेले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

१ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप