‘अर्थपूर्ण सहभागिता र गुणात्मक सिकाईको अपेक्षा छ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘अर्थपूर्ण सहभागिता र गुणात्मक सिकाईको अपेक्षा छ

देश कोभिड १९ को संक्रमण जोखिम कम भएर हरेक गतिविधिमा अगाडि बढेसँगै सार्वजनिक समारोहका कार्यक्रम गोष्ठी र सभा सम्मेलनहरु लागातार आयोजना भइरहेका छन् । विशेष गरेर सहकारी अभियानको क्षेत्रमा हुँदै आएका राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरु पनि भौतिक उपस्थितिका बीच सुरु हुन थालिसकेका छन् । नेपालको बचत तथा ऋण सहकारी अभियानको केन्द्रीय संघ नेफ्स्कूनले पनि यही जेठको अन्तिममा साकोस शिखर गोष्ठी ( साकोस समिट) को आयोजना गरेको छ । यस्ता गोष्ठी तथा कार्यक्रम सहकारी क्षेत्रका सरोकार व्यक्तिहरुबीच भेटघाट, विचार आदान प्रदान र सिकाई हस्तान्तरणका लागि उपयोगिमुलक बन्दछन् । 

विशेष गरेर सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा आकु फोरम हुने गर्दछ । जहाँ देश विदेशका क्रेडिट युनियनका व्यक्तिहरु भेला हुने, क्रेडिट युनियनका समस्या, अवसर तथा मुद्दाहरुमा कार्यपत्र प्रस्तुत हुने, असल अभ्यासहरु आदान प्रदान गर्ने जस्ता कार्यहरु हुन्छन् । जसमा नेपालको तर्फबाट पनि नेफ्स्कूनको समन्वयमा आकुफोरममा सहभागिता हुनेहरुको सहभागिता बढ्दै गइरहेको छ । यस्ता फोरमहरुको माग नेपालमै हुन थालेपछि नेफ्स्कूनको आयोजनामा २०६८ सालमा नेपालमा पहिलो पटक साकोस समिट भयो । पहिलो समिटमा उपस्थित सहभागीहरुको संख्यालाई हेर्दा लाग्यो समुदायमा आधारित सहकारी संस्थाहरुले पनि काठमाडौंका ठूला होटलमा सहभागिता जनाउन सक्ने र शिक्षामा खर्च गर्नमा प्रतिबद्ध रहेछन भन्ने सन्देश बाहिर आयो । फलस्वरुप साकोस समिट तीन तीन बर्षमा आयोजना गर्ने घोषण भयो । सोहि अनुरुप २०७१ मा दोस्रो र २०७५ सालमा तेस्रो साकोस समिट सफलतापूर्वक सम्पन्न भयो । हाल कोभिडका कारण चौथो साकोस समिट २०७९ जेष्ठ २९ र ३० गते आयोजना हुन गइरहेको छ । 

समिटमा बिशेष गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा साकोसले कोभिड महामारीमा सेवा व्यवस्थापनका अनुभव तथा सिकाई, कोभिड माहामारीपछिको सदस्यको व्यवसाय निरन्तरताको लागि खेलेको भूमिका, हाल देखिएको तरलता अभावको समस्या तथा निराकरणका उपायहरु, साकोस अभियायनमा बहुउद्देश्यीय सहकारीको बृद्धिले भविष्यमा ल्याउन सक्ने चुनौती र त्यसको व्यवस्थापन, राज्यको पुन संरचनासँगै सहकारीमा कानुनी अन्यौलता, अभियान सुदृढीकरणका लागि अभियान बीचको कार्यगत एकता, साकोस स्तरीकरण तथा प्रमाणिकरणको प्रणाली तथा एकरुपता, नवितम् प्रविधिमा कानुनी सीमा र प्रयोगमा एकरुपता इत्यादी विषयमा प्रस्तुती तथा छलफल हुने अपेक्षा राख्न सकिन्छ । 

बचत तथा ऋण अभियानको अन्तर्राष्ट्रिय सिकाईको आदान प्रदान गर्न, साकोस अभियानमा विगतको समिक्षा गर्दै विद्यमान समस्या तथा चुनौतीको मार्गनिर्देशन गर्न र साकोस साकोस बीचको एकता र ऐक्यबद्धताको लागि यसअघिका साकोस समिट प्रभावकारी र सफल बने । तर पछिल्लो समयमा आयोजना भएका केही राष्ट्रिय गोष्ठीहरु गुणात्मक भन्दा संख्यात्मक उपस्थितिमा जोड दिइएको, अन्तर्राष्ट्रिय  सहकारी अभियानका प्रतिनिधिहरुको सहभागिता न्यून हुँदै गएको र कार्यक्रममा औपचारिकतामा बढी जोड दिइएको जस्ता विषयले भने पछिल्ला समयहरुमा सहभागीहरुलाई त्यति उत्साहित गर्न सक्दैनकी भन्ने सबैको चासोको विषय बनेको छ । यस्ता औपचारिकतालाई कम गरेर गुणात्मक र उच्च गुणस्तरको सिकाई अभ्यासलाई निरन्तरता दिँदै जान सक्ने हो भने नेपालमा आयोजना हुने साकोस समिट जस्ता ठूला राष्ट्रिय गोष्ठीहरुले आफ्नो गरिमा निरन्तर बचाइराख्न सक्छन् । 

त्यसकारण पनि अब हुने साकोस समिटमा औपचारिक कार्यक्रमलाई कम गरी संख्यात्मक भन्दा गुणात्मक सहभागितामा जोड दिनुपर्ने देखिन्छ । कार्यतालिका अनुसार विषय बस्तुमा प्रयाप्त समय दिई छलफल तथा अन्तरक्रियाका लागि समय व्यवस्थापन गर्नुपर्ने देखिन्छ । समिटमा बिशेष गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा साकोसले कोभिड महामारीमा सेवा व्यवस्थापनका अनुभव तथा सिकाई, कोभिड माहामारीपछिको सदस्यको व्यवसाय निरन्तरताको लागि खेलेको भूमिका, हाल देखिएको तरलता अभावको समस्या तथा निराकरणका उपायहरु, साकोस अभियायनमा बहुउद्देश्यीय सहकारीको बृद्धिले भविष्यमा ल्याउन सक्ने चुनौती र त्यसको व्यवस्थापन, राज्यको पुन संरचनासँगै सहकारीमा कानुनी अन्यौलता, अभियान सुदृढीकरणका लागि अभियान बीचको कार्यगत एकता, साकोस स्तरीकरण तथा प्रमाणिकरणको प्रणाली तथा एकरुपता, नवितम् प्रविधिमा कानुनी सीमा र प्रयोगमा एकरुपता इत्यादी विषयमा प्रस्तुती तथा छलफल हुने अपेक्षा राख्न सकिन्छ । 

हरेक पटक साकोस समिटमा घोषणा पत्र तयार गरिन्छ । सो घोषणाको कार्यान्वनका बारेमा पनि समिक्षा गर्दै प्रगतिलाई संस्थागत गर्ने र कार्यान्वन पक्षमा देखिएको समस्यालाई समाधान गर्दै साकोस समिटको महत्व र गरिमालाई बढाउदै लानुपर्ने आवश्यकता देखिन्छ । समिटमा सहभागी हुने भिड भन्दा पनि अर्थपूर्ण सहभागिताको लागि नेफ्स्कूनले गृहकार्य गर्नुपर्ने देखिन्छ । साथै साकोस समिटको उद्देश्य अनुसारको सहभागिता छनौट गर्ने परिपाटिको विकास गर्नुपर्ने देखिन्छ । साकोस समिट सफलताको हार्दिक शुभकामना ।
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप