सहकारीको कारोबार संघमै गर्नुपर्छ : पूर्व अध्यक्ष प्रधानाङ्ग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको कारोबार संघमै गर्नुपर्छ : पूर्व अध्यक्ष प्रधानाङ्ग

स्थापना दिवसका अवसरमा जिल्लाका ८ सहकारी पुरस्कृत, अन्य ५ सहकारी पुरस्कृत घोषित

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को १८ औं स्थापना दिवसको उपलक्ष्यमा “प्रदेश सहकारी मापदण्ड, २०७७” विषयक अन्तरक्रिया कार्यक्रम भक्तपुर पार्टी भेन्यूमा आज सम्पन्न भएको छ । 

नेफस्कूनका पुर्व अध्यक्ष कैलाश भक्त प्रधानांङ्घ प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रम संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजुको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथि प्रधानाङ्गले सहकारी संघ संस्थाको वित्तीय कारोबार सहकारी संघमै हुनुपर्ने विचार राख्दै सम्पूर्ण सहकारी संस्था र संघले यस विषयमा गम्भीर बन्नुपर्ने बताउनुभयो । सहकारी संस्थाले संघमा कारोबार गर्दा संरक्षित पूँजी फिर्ता, ऋणको सुविधा, सेयरमा लाभांश, बचतमा अधिक्तम व्याज तथा समान सहयोगको अवसर प्राप्त गर्ने भएकोले बैंक वित्तीय संस्थामा भन्दा सहकारी संघमै कारोबार गर्न आव्हान गर्नुभयो । 

सहकारी क्षेत्रको विकास र प्रवर्धनका लािग सरकार र अभियान सँगसँगै मिलेर अघि बढ्नुको विकल्प छैन । उहाँले भन्नुभयो, “सहकारीको वास्तविक विकास गर्ने हो भने एक अर्काको विरोध र प्रतिस्पर्धाको कुनै अर्थ रहँदैन ।” पूर्व अध्यक्ष प्रधानाङ्गले संस्था स्थापनाकाल देखि प्रारम्भिक संस्था जिल्ला संघमा, जिल्ला संघ केन्द्री संघमा आबद्ध हुर्ने पर्ने तीन तह संरचनाको वकालतमा आफू निरन्तर लागिरहेको बताउनुभायो । संघले अन्तरलगानी, तालिम शिक्षा र बहस पैरबीको कामलाई निरन्तरता दिदैं आएको कुरा उहाँले उल्लेख गर्नुभयो । 

संघका निर्वतमान अध्यक्ष राधेश्याम सुवालले सहकारी संस्थामा ८८ हजार भन्दा बढी कर्मचारीहरु भएता पनि संगठित सञ्जाल नहुदाँ सहकारी कर्मचारीको वृद्धि विकास र रोजगारीको आकर्षक क्षेत्र हुन नसकेको विचार राख्नुभयो । सहकारी संस्थामा एकीकृत कर्मचारी प्रशासन नियमावली लागु गरि सहकारीका कर्मचारीहरुलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै संघले १८ बर्षको अवधिमा आफ्नै गौरवशाली इतिहास बाउन सकेकोमा खुशी व्यक्त गर्नुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिर्दै सहकारी ऐन कानुन र मापदण्ड जारी भएता पनि कर्जा सूचना केन्द्र, कालो सुचीको व्यवस्था लगायतका व्यवस्था कार्यान्वनमा सरकार उदासिन देखिएको बताउनुभयो । सदस्य संस्थाहरुसँग अन्तरक्रिया सहित सम्पन्न सो कार्यक्रमको सञ्चालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । संघका व्यवस्थापक बालकृष्ण धोजुले संघको प्रदेश सरकारले जारी मापदण्ड, २०७७ को प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा संघका सदस्य संस्थाहरुबाट १०३ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भ.न.पा. ४, राममन्दिर, शुभकामना बचत तथा ऋण सहकारी संस्था लि. सु.न.पा ६, सुर्यविनायक,  नवज्योति बचत तथा ऋण सहकारी संस्था लि. सु.न.पा ७., गुण्डु, किवाचोक, भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. ९, च्याम्हासिंह, बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ४, शंखधरचोक, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २, व्यासी, सजिलो बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ५, चपाचो र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा २, इताछेंलाई पुरस्कृत गरिएको थियो । 

संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि, २०७८ बमोजिम आगामी साधारण सभामा पुरस्कार दिने गरी जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार–भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., च्याम्हासिंह ९, चाँगुनारायण  र नगरस्तरीय सहकारी व्यवसाय पुरस्कारबाट –युवा बचत तथा ऋण सहकारी संस्था लि.,नगरकोटफेदी, भक्तपुर, सामुहिक बचत तथा ऋण सहकारी संस्था लि., राममन्दिर, सुर्यविनायक, बगंलामुखी बचत तथा ऋण सहकारी संस्था लि., बालकोट र मध्यपुरथिमी   र उपकार बचत तथा ऋण सहकारी संस्था लि., बहाखाबजारलाई पुरस्कृत गरिने घोषणा गरेको छ । 

भर्खरै
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१७ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२३ घण्टा अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६० दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५८ दिन अगाडि

पाठकबाट थप