ओखलढुङ्गा । लिखु गाउँपालिकाको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा सहकारी तथा लेखा व्यवस्थापन तालिम हिजोबाट सुरु भएको छ । गाउँपालिकाका प्रमुख गोविन्द बहादुर पौडेलको सभाध्यक्षाता र गाउँपालिकाका उपप्रमुख शान्ता ढुंगेल र वडाअध्यक्षको आतिथ्यतामा तालिम कार्यक्रम शुभारम्भ भएको थियो ।
कार्यक्रममा गाउँपालिका प्रमुख पौडेलले सरकारको तिन खम्वे अर्थतन्त्रको एउटा खम्वाको रुपमा सहकारीलाई लिएको हुनाले समुदायको विकासमा र अर्थतन्त्र विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहेको प्रष्ट पार्नुभयो ।
सहकारीको दर्ता, अनुगमन र खारेजी सम्पूर्ण जिम्मेवारी स्थानीय निकायको भएको र अनुगमका क्रममा सहकारीको सञ्चालन प्रकृयामा देखिएका कमी कमजोरी र सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप सञ्चालन गर्नको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
६ दिनसम्म चल्ने उक्त तालिममा गाउँपालिका अन्तर्गत रहेका बचत तथा ऋण सहकारी, कृषि सहकारी र बहुउद्देश्यीय सहकारी गरी १६ वटा संस्थाबाट गरी ३२ जनाको सहभागिता रहेको छ ।
तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत द्वय उमेश कोईराला र रविन्द्र श्रेष्ठले गर्नु भएको छ ।

२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
२४ घण्टा अगाडि
२ दिन अगाडि
२३ घण्टा अगाडि
२३ घण्टा अगाडि
३ दिन अगाडि
६ दिन अगाडि
४ दिन अगाडि
१० दिन अगाडि
२३ घण्टा अगाडि
६ दिन अगाडि