बागमती प्रदेशमा पर्ने मकवानपुर पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मलाई राजधानी काठमाडौंसँग जोड्ने जिल्लाको रुपमा रहेको छ । राजधानी प्रवेशको मुख्य मार्गको रुपमा परिचित यस जिल्ला काठमाडौं र ललितपुर जिल्लासँग सीमाबद्ध छ । देशकै तेस्रो ठूलो औद्योगिक जिल्लाको रुपले चिनिने मकवानपुर प्राकृतिक सुन्दरता, पर्यटन, जलश्रोत, वनजङ्गल, जडिबुटी, बन्यजन्तु लगायत प्राकृतिक सम्पदाले धनी जिल्ला हो । शिक्षा र चेतनास्तर बृद्धिका कारण साक्षरता दर, औषत आयु र प्रति व्यक्ति आय जस्ता सूचकहरुमा उकालोलाग्दो स्थितिमा छ । अन्य क्षेत्रसँगै जिल्लामा बचतको महत्व सिकाउन, व्यवसायका लागि पुँजी अभावको समस्यामा सहयोग गर्न, समुदायका सदस्यबीच सुखदुःखमा सहकार्यको भावना विकसित गर्न सहकारी संघ संस्थाहरुको क्रियाशिलता आशलाग्दो छ । सहकारीमार्फत महिलाहरुको उत्थान र आर्थिक सशक्तिकरणका लागि उदाहरणिय जिल्लाको रुपमा मकवानपुरले आफ्नो पहिचान स्थापित गरिसकेको छ ।
महिलहरुद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुको उपस्थितिले महिलाहरुहरुलाई आयआर्जनमा आत्मनिर्भर बन्न सहयोग पुर्याएका छन् । मकवानपुरको इन्द्रसरोबर ४ फाखेलस्थित सक्रिय महिला बचत तथा ऋण सहकारी संस्था लि. आजभन्दा २२ बर्ष अगाडि ३५ जना महिलाहरुको सहभागितामा सक्रिय महिला बहुउद्देश्यीय सहकारी संस्था उदय भएको थियो । सेयर पुँजी रु. ३५०० र प्रति सदस्य रु. ५ का दरले १ सय ७५ बचत संकलन गरी सक्रिय महिला साकोसले बचतको अभियानको विजारोपण गरेको थियो । स्थापनाको करिब ५ बर्ष बहुउद्देश्यीय सहकारीको रुपमा सञ्चालित सक्रिय महिला २०६२ साल जेठ ९ गते बचत तथा ऋण सहकारीमा रुपान्तरित भयो । स्थापनाकालदेखि नै महिलाहरुबीच सामुहिक भावनाको विकास गर्दै आर्थिक सशक्तिकरणमा जोड दिने उद्देश्यका साथ संस्था अगाडि बढेको संस्थाका संस्थापक अध्यक्ष अञ्जु लामा स्मरण गर्नुहुन्छ, “महिलाहरुमा रहेको गरिबी, अशिक्षा, लैंगिक विभेद जस्ता समस्याहरुलाई न्यूनीकरण गर्दै महिलाहरुको सामाजिक तथा आर्थिक स्तरोन्नती, सचेतना अभिबृद्धि र आर्थिक आत्मनिर्भरताका लागि पहल गर्न केन्द्रीकृत भएर लाग्यौं ।”
घरभित्र सीमित महिला, महिलाहरुलाई हेर्ने फरक दृष्टि, घरबाट आर्थिक सामाजिक हिंसा भोग्न बाध्य महिलाहरुको उत्थानका लागि केही गर्ने उद्देश्यले सहकारी संस्था स्थापनाको सोच आयो । आफ्नो परिचय दिन नसक्ने, फलानोको श्रीमति भनेर चिनाउन श्रीमानको नाम उल्लेख गर्न नमिल्ने, रु ५ रुपैंया बचत गर्न श्रीमानले दिँदैनन् भनी बचत गर्न नसक्ने अवस्था हुनुले पनि मकवानपुर इन्द्रसरोबरका महिलाहरुको अवस्था निकै दयनीय थियो भन्ने सहज आंकलन गर्न सकिन्छ । अध्यक्ष श्रमिक लामाले भन्नुभयो, “हामीले त्यो अवस्थाबाट महिलाहरुलाई सशक्त बनाउनुपर्ने थियो । त्यसको विकल्पमा हामीले सहकारीलाई अगाडि ल्यायौं, आज घरको चौघेरामा सीमित र दवियको आवाजसाथ रहेका महिला दिदीबहिनीहरु आज हर क्षेत्रमा सक्रिय महिला सहकारीको आडले सक्रिय र क्रियाशिल बन्नुभएको छ ।”
करिब २ दशक अगाडि ३५ जना सेयर सदस्यको ३५ सय सेयर पुँजी र १ सय ७५ बचत संकलनबाट सुरु भएको सक्रिय महिलाको यात्रा आज निकै अग्लिएको छ । बर्तमानमा १६ सय ४० सेयर सदस्य, १ करोड २१ लाख सेयर पुँजी सहित कुल कारोबार १२ करोड ६७ लाख पुगेको छ । कार्यक्षेत्रको आधारमा ५६ प्रतिशत सदस्य बनाउन सफल सक्रिय महिलाले बचत र ऋण लगानी प्रभावकारीता सँगै कृषिलाई मुख्य लगानी क्षेत्र बनाएको छ । कुल ऋण लगानीको ५० प्रतिशत कृषि क्षेत्रमा छ । कोभिड कहरसँगै मुख्य चुनौतीको रुपमा रहेको भाखा नाघेको ऋण असुली प्रक्रिया पनि अगाडि बढ्दै छ भने संस्थाले कार्यक्षेत्र विस्तार र सदस्यता बृद्धि लक्ष्यलाई मुख्य बनाएको छ ।
सक्रिय महिला साकोसमा सदस्य सहभागिता बृद्धि निरन्तर उकालो लाग्दो छ भने संस्थाको अवको लक्ष्य पनि कार्यक्षेत्र विस्तार र सदस्यता बृद्धि रहेको छ । साकोससँग बचत सेवा, ऋण सेवा सँगै रेमिट्यान्स, अतिरिक्त सेवा सञ्चालन साथै सदस्य राहत सेवा सञ्चालनमा छन् । सदस्य राहत अन्तर्गत मृत्यु राहत, सुत्केरी राहत, प्राकृतिक विपत्ति राहत, हिंसा पिडित राहत कार्यक्रम सञ्चालनमा छन् । यससँगै सहकारी मार्फत विभिन्न सिप विकास कार्यक्रमहरु, बाल विवाह सचेतना कार्यक्रम, महिला हिंसा सचेतना, बैदेशिक रोजगार सचेतना कार्यक्रम, पर्यावरण संरक्षण कार्यक्रम, विमा कार्यक्रम लगायत सचेतनामुलक कार्यक्रमहरु सञ्चालनमा छन् ।
व्यवस्थापक सविना लामाका अनुसार सञ्चालक समिति र व्यवस्थापनबीच सौहार्दपूर्ण एवम् सहयोगी सम्बन्धले पनि संस्थागत विकास र विस्तारमा सहयोग गरेको छ । योजना अनुरुप कार्यसम्पादन नीति साकोसले लिएको छ । नीति बमोजिम कार्यसम्पादन र सञ्चालक समिति निर्णय बीचको तालमेल मिलेको छ जसले गर्दा कार्यसम्पादन सहजतासँगै चुस्त दुरुस्त कार्यशैली विकास भएको छ । मुख्य कार्यालय र एक सेवाकेन्द्र सञ्चालनमा ५ जना महिला कर्मचारी र २ जना पुरुष कर्मचारी कार्यरत हुनुहुन्छ ।
साकोसले सञ्चालक एमव् कर्मचारीहरुको क्षमता विकासका लागि रणनैतिक योजना मै राखी बजेट विनियोजन गरी वार्षिक रुपमा क्षमता विकासमा जोड दिएको छ भने आवश्यकता अनुसार छाता संघहरुले सञ्चालन गरेको तालिम भ्रमणमा पनि निरन्तर सहभागी छ ।
नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा सहभागी भइ निरन्तर २ पटक ब्राण्ड प्राप्त गर्न सफल सक्रिय महिला साकोस पूर्णत नीति विधिमा सञ्चालनमा छ, वित्तीय सवलता सँगै संस्थागत सुशासन कायम भएको छ, संस्थाको आधुनिक अभिलेखिकरण पद्दति विकास भई आवश्यक कागजात सुरक्षा बृद्धि, कार्यसम्पादनमा चुस्तता आएको छ भने सदस्य सुरक्षा र वित्तीय स्वस्थता कायम भएको छ । सदस्यको बचतको सुरक्षा सँगै सुरक्षित लगानी प्रवर्धन र सदस्य सम्पत्तिदर बृद्धि गर्न आवश्यक योजना निर्माणमा व्यवस्थापनले कुशल कार्यसम्पादन गरिरहेको छ । गुणस्तर ब्राण्ड प्राप्त साकोले नेफ्स्कूनको ३०औं बार्षिक साधारणसभाबाट २०७७ को सर्वोत्कृष्ट साकोस (महिलातर्फ) सम्मान पनि प्राप्त गरेको छ ।
साविकको फाखेल गाविस हाल ४ र ५ नं वडा कार्यक्षेत्र रहेको साकोससँग एउटा सेवा केन्द्र छ । भौगोलिक हिसाबले सदस्यहरुलाई सेवा लिन टाढा पर्ने भएकाले इन्द्रसरोवर ५ चखेलमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो । साकोसले मासिक सहकारी शिक्षा कार्यक्रम राखेको छ भने प्रत्येक दुई महिनामा वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै आएको छ । कार्यक्षेत्र बिस्तार र कारोबार वृद्धि सँगै एशियाली स्तरको एक्सेस कार्यक्रममा सामेल भई ब्राण्ड पाप्त गर्ने लक्ष्यमा साकोस केन्द्रीत रहेको व्यवस्थापक लामा बताउनुहुन्छ । सक्रिय महिला साकोस परिवारलाई साकोस आवाजको तर्फबाट हार्दिक शुभकामना !!
१७ घण्टा अगाडि
१७ घण्टा अगाडि
१८ घण्टा अगाडि
१८ घण्टा अगाडि
२१ घण्टा अगाडि
२१ घण्टा अगाडि
२२ घण्टा अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
५ दिन अगाडि
१८ घण्टा अगाडि
३ दिन अगाडि
५ दिन अगाडि
९ दिन अगाडि
१७ घण्टा अगाडि
९ दिन अगाडि