भक्तपुर । भक्तपुरस्थित सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को यहि पुस २९ गते २८औं स्थापना दिवस छ । स्थापना दिवसको पूर्वसन्ध्यामा साकोसले आफ्ना सदस्यहरुलाई लक्षित गर्दै विभिन्न सीपमुलक तालिम सँगै ‘असल बैठक प्रणाली तालिम’ समेत सञ्चालन गरेको छ ।
साकोसको महिला तथा बालबालिका उपसमितिको आयोजनामा सदस्यहरुलाई अमिलो बनाउने, ग्याँस चुलो मर्मत गर्ने तथा असल बैठक प्रणाली तालिम सञ्चालन गरेको हो ।
तालिममा संस्थाका अध्यक्ष राजन लाखाजुले आर्जित सीपलाई व्यवहारमा लागु गरेको खण्डमा सीपयुक्त व्यक्तिले सहज रुपमा जीवनयापन गर्न सक्ने विचार व्यक्त गर्नुभयो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक रामलक्ष्मी शिल्पकार लवजुले अमिलोको बजार सम्भावनायुक्त रहेको र यसमा एक्लैको प्रयासमा पनि उद्यम चलाउन सक्ने भएकोले तालिमबाट प्राप्त सीपलाई व्यहारमा लागु गर्न सहभागीहरुमा अनुरोध गर्नुभयो ।
तालिम सहजीकरण प्रशिक्षक कमलकेशरी दुवाल र आयोजक उपसमितिका सचिव रञ्जना प्रजापतिले गर्नुभएको थियो । सोहि दिने यातु गणेश सेवाकेन्द्र व्यवस्थापन उपसमितिको आयोजनामा कमलविनायक मन्दिर परिसरमा ग्याँस चुलो मर्मत तालिम पनि सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष लाखाजुले भान्सामा ग्याँस तथा चुलोको सर्तकताका साथ प्रयोग गर्नुपर्ने तथा सानो असावधानीले पनि ठूलो क्षति निम्त्याउन सक्ने जोखिम भएकोले हरेक गृहिणीले ग्याँस चुलो तथा सिलिडण्रको प्रयोग तथा मर्मत सम्बन्धि जानकारी राख्नुपर्ने भएकोले तालिम आयोजना गरिएको बताउनुभयो ।