काभ्रे । विजयादशमीको अवसर पारेर काभ्रेको पनौति अवस्थित सामुदायकि बचत तथा ऋण सहकारी संस्थाले किसान २ परियोजना सँगको सहकार्यमा दशैं खसी बजार मेला सञ्चालनमा ल्याएको छ । सदस्यहरुले गाउँगाउँमा उत्पादन गरेका खसी बोका साथै कृषि सामग्रीहरुको बजारीकरण सहजताका लागि र आम उपभोक्ताहरुको आवश्यकतालाई मध्येनजर गर्दै असोज २२ गते शुक्रबारदेखि दशैं खसी बजार मेला सञ्चालनमा ल्याएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराउनुभयो । खसी बजार मेला बनेपा इलाका प्रहरी चौकी अगाडि सुजुकी गाडी शोरुम संगै सञ्चालनमा रहेको छ ।
खसी बजार मेला शुभारम्भ कार्यक्रम बनेपा सेवाकेन्द्र सञ्चालन तथा ब्यवस्थापन उप समिति संयोजक मुक्ति बिष्टको सभापतित्व र बनेपा नगरपालिका बडा नंं १० का वडा अध्यक्ष चन्द्रवहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बनेपा नगरपालिका बडा नं. ८ का वडा अध्यक्ष दान बहादुर मानन्धर, बनेपा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम अधिकारी, किसान २ परियोजनाका तर्फवाट प्रमोद गौतमको आतिथ्यता रहेको थियो भने संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक हरी प्रसाद तिमल्सिना, सचिव मुकुन्द शर्मा, शिक्षा उप समिति संयोजक मुकुन्द अर्याल, बनेपा सेवाकेन्द्र सञ्चालन तथा तथा ब्यवस्थापन उपसमिति सदस्य द्धारिका न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि चन्द्रबहादुर खड्काले सामुदायिक साकोस, बचत तथा ऋणको कारोबारमा मात्र केन्द्रित नभई सदस्यहरुको सम्पूर्ण आवश्यकताहरुको सम्बोधन एकैठाउँबाट गर्ने अभिप्राय स्वरुप कृषि उत्पादन बजारीकरणका लागि सहयोग गर्नु प्रशंसनीय रहेको बताउनुभयो । सदस्यहरुलाई वित्तिय सेवा सहित समुदाय लक्षित सामाजिक कार्यका मध्यमवाट समुदायमा उदाहरणीय योगदान गरिहेको उल्लेख गर्नुहुँदै अतिथि खड्काले कुनै विभेद विना सदस्य र समुदायलाई नै लक्षित गरि सञ्चालन गरेको दशैं खसी मेलाको पूर्ण लाभ उठाउनुहुन कृषक ब्यपारी तथा उपभोक्ता सम्पूर्णमा आग्रह गर्नुभयो ।