सहकारी व्यवस्थापक कोर्ष उर्तिण व्यवस्थापकहरुमा थपियो उत्साह
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्ष उर्तिण व्यवस्थापकहरुमा थपियो उत्साह

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को सम्बन्धन प्राप्त छोटो अवधिको सहकारी व्यवस्थापक कोर्ष (६०० घण्टा) को अन्तिम परीक्षाको नतिजा हिजो सार्वजनिक गरेको छ । २०७८ असार २० गते अभौतिक (विद्युतीय) माध्यममार्फत सम्पन्न गरिएको लिखित एवम् प्रयोगात्मक परीक्षामा सहभागी १५ जना परीक्षार्थी उर्तिर्ण हुनुभएको छ । 

परीक्षाको नतिजा प्रकाशन भएसँगै नेपालमा पहिलो पटक सुरु भएको सहकारी व्यवस्थापक कोर्षको पहिलो व्याच सम्पन्न भएको नेफ्स्कून तालिम केन्द्रका प्राचार्य गणेश तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, दोस्रो व्याचको कक्षा प्रारम्भ यहि साउन ३२ गते नेफ्स्कूनको ३४औं स्थापना दिवसको अवसरमा गरिदैंछ । गत बर्ष कोभिड भाइरस संक्रमण जोखिमका बीच भौतिक कक्षा सञ्चालन गर्न नसकिएपनि सैद्धान्तिक एवम प्रयोगात्मक दुवै कक्षाहरु अभौतिक (विद्युतीय) माध्यम मार्फत सञ्चालन भएका थिए । यस बर्ष दोस्रो व्याचका कक्षाहरु पनि अभौतिक रुपमै सञ्चालनको तयारी तालिम केन्द्रले गरिरहेको छ । 

छोटो अवधिको प्रमाणीकरण तालिम कार्यक्रम अन्तर्गत सहकारी व्यवस्थापक कोर्षको पहिलो व्याच २०७७ साल भदौ २१ गतेदेखि सुरु भएको थियो । जसअन्तर्गत २० जना विद्यार्थी सहभागी थिए । कोरोना संक्रमण बढेसँगै पहिलो बर्ष नै ६ सय घन्टाको सहकारी व्यवस्थापक कोर्षको करिब ९ महिनाको पढाइ भर्चुअल कक्षा मार्फत नै सञ्चालन भएको थियो । भौतिक उपस्थिति सम्भव नवनेसँगै भर्चुअल विधिबाट अध्यापन सुरु गरिएको सहकारी व्यबस्थापक प्रमाणीकरण कोर्ष मा सहभागी विद्यार्थीहरु भर्चुअल कक्षामा पनि निकै उत्साहित र क्रियाशिल देखिएका थिए । 

सहकारी क्षेत्रमा दक्ष व्यवस्थापक उत्पादन गर्ने उद्देश्यले प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट नेफ्स्कूनलाई मिति २०७६।१०।२० मा ३ वटा विषयहरु सहकारी व्यवस्थापक, रिसेप्सनीष्ट कम क्यासियर र बचत तथा ऋण परिचालन मा २ वर्षको लागि सम्बन्धन प्राप्त गरेको थियो ।

उत्कृष्ट नजिताका साथ सहकारी व्यवस्थापक कोर्ष (६०० घण्टा) पहिलो व्याच उर्तिण गर्नुहुने दुई परीक्षार्थीहरुका विचारलाई यहाँ समावेश गरिएको छ ः 

सहकारी क्षेत्रमै काम गर्ने उत्साह बढेको छ 

अरुण कुमार तिवारी
व्यवस्थापक, कास्कून

काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. (कास्कुन) का व्यवस्थापक अरुण कुमार तिवारी सहकारी व्यवस्थापक (६०० घण्टा) कोर्षमा उत्कृष्ट अंक ल्याउन सफल हुनुभएको छ । मेलम्ची नगरपालिका–१२, गिराञ्चौर, सिन्धुपाल्चोक स्थायी घर र हाल गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा बसोबास गर्ने तिवारी करिब ४ बर्ष अगाडिदेखि सहकारी क्षेत्रमा लाग्नुभएको थियो । 

सहकारीमै सम्भावनाको क्षितिज फराकिलो बनाउने उद्देश्यले सहकारी व्यवस्थापक कोर्ष रोजेका व्यवस्थापक तिवारी अध्ययनबाट सफलता मिल्दा निकै खुसी व्यक्त गर्नुहुन्छ, उहाँ भन्नुहुन्छ, “ज्ञान र सीपको समुचित सम्मिश्रणबाट व्यक्तित्व ओझिलो बनाउनका साथै सहकारीको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान ले सहकारी क्षेत्रको गहिराइलाई बुझ्न सहयोग पुगेको महशुस गरेको छु” । 

सहकारी क्षेत्रमा लागिपरेको र यसैमा रमाउन थालेको अवस्थामा यसका सैद्धान्तिक र प्रयोगात्मक अन्तर्वस्तुका बारेमा मान्यताप्राप्त र औपचारिक अध्ययनमार्फत ज्ञान लिने चाहना स्वरुप नेफ्स्कूनले सुरुवात गरेको सहकारी व्यवस्थापक कोर्ष अध्ययनमा जोडिएकै कारण आज सफलता मिलेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “सफलता प्राप्तिसँगै सहकारी क्षेत्रमै काम गर्ने उत्साह थपिएको छ ।”

कुशल नेतृत्वका लागि सफल बनाएको छ

गान्वा सुनुवार
प्रमुख कार्यकारी अधिकृत
अजम्बरी बचत तथा ऋण सहकारी संस्था लि.,बौद्ध काठमाडौं

मेरो स्थायी घर मोलुङ्ग गा.पा.–३, ओखलढुंगा हो । हाल म बुढानिलकण्ठ न.पा.–९, मण्डिखाटार, काठमाण्डौमा सपरिवार बस्दै आएको छु । व्यवस्थापन विषयमा स्नातक म सहकारीमा निक्कै रुचि राख्छु । सम्भव त नेपालको इतिहास मा नै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद   (सिटिईभिटी) द्वारा सञ्चालन गरेको सहकारी व्यवस्थापक कोर्ष अध्ययन गर्न पाउनु नै मेरो लागि ठुलो अवसर हो । त्यसै क्रममा बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) ले अध्यापनको सम्बन्धन प्राप्त गरी सहकारी व्यवस्थापक कोर्षको पहिलो ब्याचमा मलाई पनि अध्ययन गर्ने सुवर्ण अवसर प्रदान गरेकोमा संघ प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । 

सन् २०१९ को डिसेम्बर महिना देखी सुरु भई हाल सम्म पनि कायम रही रहेको विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को विषम परिस्थितिमा पनि गत साल नेफ्स्कूनले आफ्नो स्थापना दिवसको अवसर पारेर उक्त कोर्ष सुरु गरी सञ्चालनमा ल्याएको थियो । अन्य सामान्य अवस्थामा जस्तो अध्ययन तथा अध्यापन गर्नका लागी सहज वातावरण भने अवश्य थिएन तर नेफ्स्कूनको कुशल व्यवस्थापन, प्रविधि र सहभागीहरुको तिव्र ईच्छाशक्तिले गर्दा कक्षा सञ्चालन देखी समापनसम्मको प्रभावकारी परिणाम प्राप्त गर्न सफल भएका छौं ।  

हामी पहिलो ब्याचमा अध्ययन गर्ने र अध्यापन गराउनु हुने विभिन्न विधाका श्रद्वेय प्रशिक्षकहरु यस अर्थमा भाग्यमानी हौं भन्ने लाग्छ , जहाँ ईच्छा त्यहाँ उपाय भने जस्तो विश्वले सामान गरिरहेको विषम परिस्थितिमा पनि हामीलाई सहकारी व्यवस्थापक कोर्ष सञ्चालन गर्न रोकेन । झण्डै ८० प्रतिशत भन्दा बढी कक्षाहरु अभौतिक रुपमा विद्युतिय माध्यमबाट अध्यापन भयो । उक्त क्रममा नेफ्स्कूनका तालिम विभाग प्रमुख प्राचार्य गण्ेश प्रसाद तिमल्सीना सर लगायत अन्य प्रशिक्षक तथा सहजकर्ताहरु बाट हामीले सोचे भन्दा उत्कृष्ट सहजीकरण गर्नु भयो जुन कुरा हामीले कहिल्यै भुल्न सक्ने छैनौं भने वहाँहरुबाट सिकेको कुराले सदैव सहकारी क्षेत्रको विकास गर्न सहयोग पुग्नेछ । 

नेपालको संविधानले समेत सहकारी क्षेत्रलाई एक महत्वपूर्ण क्षेत्रको रुपमा व्यवस्था गरी  आर्थिक विकासको एक स्तम्भको रुपमा सहकारी क्षेत्रलाई स्वीकार गरेको अवस्थामा अवश्य पनि प्रभावकारी र दीगो रुपमा संस्था सञ्चालन गर्न र सिंगो सहकारी क्षेत्रको विकासका लागि सहकारी व्यवस्थापक कोर्ष अपरिहार्य छ जसले गर्दा एक सफल युगको निर्माण गर्न सक्षम हुनेछ भन्ने लाग्दछ तसर्थ पहिलो ब्याचमा अध्ययन पुरा गर्नु हुने सवै जनालाई कुनै पनि संस्थाको कुशल नेतृत्व गर्नका लागि सफल बनाएको छ भन्ने लागेको छ । 
 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप