‘विश्वविद्यालयमा सहकारीको पाठ्यक्रम अनिवार्य गर्नुपर्छ’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘विश्वविद्यालयमा सहकारीको पाठ्यक्रम अनिवार्य गर्नुपर्छ’

ललितपुर । विश्वविद्यालयमा सहकारीको विषयको पाठ्यक्रम समावेश गर्नुपर्नेमा सरोकारवाला निकाय तथा सहकारीकर्मीहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम तर्जुमाका लागि सरोकारवालाहरुसँग असार २ गते आयोजना गरेको छलफलका सहभागी सरोकारवालाहरुले सहकारी विषयको पाठ्यक्रम विश्वविद्यालयमा समावेश गर्नु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा सहभागी त्रिभुवन विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, केन्द्रीय सहकारी प्रशिक्षण तथा अनसुन्धान केन्द्रका प्रतिनिधिहरुले विश्वविद्यालयमा सहकारीको विषयमा अध्यापन जरुरी रहेको बताएका थिए ।

महासंघले विगत बर्षदेखि विश्वविद्यालयमा सहकारी विषयको पाठ्यक्रम तर्जुमा गर्ने विषयमा लविङ गर्दै आएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा भारतका विभिन्न विश्वविद्यालयहरु तथा निकायहरुको अध्ययन अवलोकन भ्रमण गरेर प्रतिवेदन समेत तयार गरेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विश्वव्यापी रुपमा स्वीकार्य हुने कोर्ष डिजाइन गरी विश्वको कुनै पनि कुनामा बिक्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी अगाडि बढ्ने विषयमा अभियान र सरोकारवालाहरुबीच छलफल भएको थियो ।

अध्यक्ष कडेलले सहकारीको विषयमा अध्ययन गर्ने विद्यार्थी नहोलान् र नविक्लान् भनेर सन्देह राख्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० बर्षपछि सहकारी अभियान नेपालको उत्पादन, प्रशोधन लगायतको क्षेत्रको लिडिङ क्षेत्र मध्ये एक हुने छ । त्यसका लागि दक्ष र बौद्धिक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयहरुको बेलैमा ध्यान जानुपर्छ ।’

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडालले जुनसुकै पेशा व्यवसाय गर्नेलाई पनि सहकारीको न्यूनतम जानकारी आवश्यकता रहेकाले सहकारीको विषय सबैलाई अनिवार्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्लीराज शर्माले पाठ्यक्रम तर्जुमाको सम्बन्धमा प्रस्तुतीकरण गर्दै सहकारीलाई विश्वविद्यालयको पाठ्क्रममा समावेश गर्नका लागि विश्वविद्यालय तयार रहेको बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटा, संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेती, संचालक डिवी बस्नेत, खेम पाठकले विश्वविद्यालयमा सहकारीको विषयको पाठ्यक्रमको आवश्यकता र औचित्यको विषयमा बोल्दै उत्पादित जनशक्तिका लागि सहकारीमा राम्रो मार्केट भएको बताउनु भएको थियो ।

उहाँहरुले विद्यालयदेखि विश्वविद्यालयसम्म सहकारीको पठन पाठनको महत्वको विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले पाठ्यक्रम तर्जुमाको आवश्यकता, महासंघले हालसम्म गरेको पहल, अन्तर्राष्ट्रिय अभ्यासहरु तथा अपेक्षित उपलब्धीसम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उपसचिव रघुनाथ महतले यसका लागि मन्त्रालय नीतिगत सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलले स्कुल लेबलदेखि नै सहकारीको ज्ञान र सिप सिकाउन आवश्यक रहेको औल्याउनुभयो । केन्द्रीय सहकारी प्रशिक्षण तथा अनसुन्धान केन्द्रका प्राचार्य पार्वती अर्यालले अब समुदाय केन्द्रीत उद्यमको महत्व रहेकाले यो पाठ्यक्रमलाई सहकारी उद्यमसँग जोडेर लैजान सुझाव दिनुभयो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु डा. दिनेशमणी घिमिरे, डा. हरिप्रसाद अधिकारी, डा. धु्रव गौतम, डा. महानन्द चालिसे, डा. रामजी गौतम तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. विनोद कृष्ण श्रेष्ठले समाजको आवश्यकता अनुसार शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र विश्वविद्यालयमा उत्पादन भएका विद्यार्थी विश्व बजारमा टिक्न सक्ने गरी कोर्ष सञ्चालन गर्नेमा आफूहरु संवेदनशिल भएको बताउनुभएको थियो । उहाँहरुले दिगोपनाको विषयमा समेत संवेदनशिल भएर शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम महासंघका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत सुरेश थापाले सञ्चालन गर्नुभएको थियो ।
स्रोतः राष्ट्रिय सहकारी महासंघ ।
 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२२ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

२२ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप