मकवानपुरका महिला साकोसहरू नेकोस सफ्टवेयर प्रति उत्साहित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरका महिला साकोसहरू नेकोस सफ्टवेयर प्रति उत्साहित

काठमाडौं । नेफ्स्कूनको आयोजनामा नेकोस प्लस सफ्टवेयर अभिमुखीकरण आज वागमती प्रदेश–मकवानपुरको हेटौंडामा सम्पन्न भएको छ । प्रविधि मैत्री साकोस निर्माणका लागि नेफ्स्कून र जिनोव इन्क प्रा.लि.(Zinob Inc.Pvt.ltd) बीचको संयुक्त साझेदारीमा नेकोस प्लस सफ्टवेयर तथा मोबाइल बैंकिङ सेवा निशुल्क वितरण गर्ने घोषणा नेफ््स्कूनले गत फागुन २३ गते मकवानपुरबाट गरेको थियो ।  

महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी मार्च ७, अन्तराष्ट्रिय नारी दिवसको पूर्वसन्ध्यामा निशुल्क प्रविधि सेवाको घोषणा गरेसँगै पहिलो पटक मकवानपुरमा सफ्टवेयर अभिमुखीकरण सञ्चालन गरिएको हो । आगामी चैत्र मसान्त सम्मका लागि निशुल्क सफ्टवेयर तथा प्राविधि सेवा उपलब्ध गराइने नेफ्स्कूनले जनाएको छ । 

आज आयोजित कार्यक्रममा नेफ्स्कूनका सञ्चालक विद्या कोइरालाको अध्यक्षता र राष्ट्रिय सहकारी महासंघका सञ्चालक नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो  । कार्यक्रममा मकवानपुरमा सञ्चालित विभिन्न बचत तथा ऋण सहकारी संस्थाहरुबाट गरी ७५ जनाको उपस्थिति मध्ये महिला सहकारीका प्रतिनिधिहरुको उत्साहजनक उपस्थिति थियो । 

प्रमुख अतिथि नारायण प्रसाद देवकोटाले अभियानको सफ्टवेयर सञ्चालनले वित्तीय प्रणालीमा एकरुपता ल्याउनेहुँदा नेकोस सफ्टवेयर प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । नेफ्स्कूनका निवर्तमान सञ्चालक एवम् वागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटाले अभियानको आफ्नै सफ्टवेयर बढी विश्वसनीय र प्रभावकारी रहेको विचार व्यक्त गर्दै आफूले प्रतिनिधित्व गरेको प्रारम्भिक साकोस ज्योति मिर्मिरे सामुहिक साकोस नेकोस सफ्टवेयरको पहिलो प्रयोगकर्ता रहेको बताउनुभयो । नेकोस सफ्टवेयरका सम्पूर्ण विशेषताहरु बचत तथा ऋण सहकारी सञ्चालनमा  उपयोगी सावित भएको उहाँले दाबी गर्नुभयो । 

मकवानपुर जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठले नेफ्स्कूनले महिलाहरुद्वारा सञ्चालित साकोसका लागि ल्याएको प्रविधि सम्बन्धी नयाँ स्किम स्वागत योग्य रहेको बताउँदै यसलाई जिल्ला संघ साझेदारी कार्यक्रम मार्फत पनि जोडेर अगाडि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो । 

त्यसैगरी जिल्ला बचत संघ मकवानपुरका सञ्चालक  एवम् जनकल्याण साकोसका अध्यक्ष हिमाल पौडेलले जनकल्याण साकोसले जिल्लामै पहिलो पटक नेकोस सफ्टवयेर शुरु गरेको र यसमा समाविष्ट विशेषताहरु अत्यन्त प्रभावकारी रहेको विचार व्यक्त गर्दै अभियानको प्रविधि प्रयोगले भविष्यमा आउनसक्ने प्रविधिगत जोखिमबाट बच्न सहज हुने विचार राख्नुभयो । विगत ७ बर्षदेखि नेकोस सफ्टवयर प्रयोग गर्दै आइरहेको जनकल्याणले हालसम्म कुनै प्राविधिक झण्झट भोग्नु नपरेको उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा सहभागी महिला साकोसका प्रतिनिधिहरुले नेकोस सफ्टवेयर प्रयोगका लागि छिट्टै निर्णायक सहमति मार्फत अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रम सञ्चालन कार्यक्रम अधिकृत विदुर खड्काले र व्यवस्थापन सहजीकरण मकवानपुरकी फिल्ड इन्चार्ज ज्योति महतले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप