पन्ध्रौं आवधिक योजनामा उल्लेख सहकारी सम्बन्धी अवसर र चुनौतीहरू
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पन्ध्रौं आवधिक योजनामा उल्लेख सहकारी सम्बन्धी अवसर र चुनौतीहरू

काठमाडौं । सार्वजनिक र निजी क्षेत्रका साथै सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति राज्यले लिएको छ । सहकारी क्षेत्रले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गरी उत्पादन, उत्पादकत्व र रोजगारी बृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको छ । राष्ट्रिय योजना आयोगको पन्ध्रौं योजनामा समेटिएका सहकारी सम्बन्धी समस्या, अवसर तथा चुनौतीहरुः

सहकारी क्षेत्रका प्रमुख समस्याः

  • सहकारी सम्बन्धी शिक्षा र चेतनाको विस्तार अपेक्षित रुपमा हुन सकेको छैन ।
  • सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा नभई बचत तथा ऋणको कारोबारमा बढी देखिएको छ ।
  • केही सहकारी संस्थाहरुमा सहकारी सिद्धान्त, मूल्य, मान्यताको अनुशरणको अवस्था कमजोर रहेको छ ।
  • कतिपय सहकारी संस्था सुशासनको अभावले गर्दा समस्याग्रस्त अवस्थामा रहेका छन् ।
  • अत्याधिक संख्यामा सहकारी संघ संस्थाको विस्तार, दोहोरो सदस्यता, वित्तीय सुशासनको कमी जस्ता कारणले यस क्षेत्रमा वित्तीय जोखिम रहेको छ ।

चुनौती तथा अवसरहरू

चुनौतीहरूः

  • सहकारी संघ संस्थाको संख्यात्मक विस्तारभन्दा गुणात्मक विकास गरी समुदायमा आधारित र सदस्य केन्द्रित बनाउनु ।
  • सहकारीमैत्री नीतिहरुको प्रवर्द्धन गर्नु ।
  • सहकारीलाई ग्रामीण विपन्न समुदायसम्म विस्तार गर्नु ।
  • संविधानले निर्दिष्ट गरेअनुसार सहकारीलाई मुलुकको समृद्धिको आधारको रुपमा स्थापित गर्नु ।
  • सहकारी संस्थामा स्वनियमनलाई सुदृढ तुल्याउँदै सुशासन कायम गराउनु ।
  • सहकारी आन्दोलनका प्रतिनिधिमूलक संघ संस्था तथा प्रवर्द्धन र नियमनमा संलग्न निकायबीच प्रभावकारी समन्वय गर्नु ।
  • महिला तथा सीमान्तीकृत वर्गमा सहकारीको पहुँच अभिवृद्धि गर्दै गरिबी निवारणतर्फ केन्द्रित गर्नु ।
  • यस क्षेत्रबाट परिचालन हुने बचत तथा ऋणको सुरक्षाका लागि नीतिगत र संस्थागत प्रबन्ध मजबुत तुल्याउनु । 
  • सहकारी क्षेत्रमा ऋण ग्रस्तता अन्त्य गर्नु ।
  • विपन्न समुदायको आर्थिक सुरक्षाको प्रत्याभूति दिने माध्यमका रुपमा विकास गर्नु ।
  • सहकारी मार्फत परिचालित पुँजीलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गर्नु । 
  • उत्पादन र रोजगारीका क्षेत्रमा सहकारीको योगदान अभिबृद्धि गर्नु र सहकारी संघ संस्थाको नियमनलाई थप प्रभावकारी बनाउन यस क्षेत्रका प्रमुख चुनौतीका रुपमा रहेको छन् । 

अवसरहरूः

  • संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीमा सहकारी विषय समावेश भएकोले तीन तहबाट नियमन तथा प्रवर्द्धन कार्य सम्पादन भई यस क्षेत्रको विकासमा थप योगदान पुग्ने अवस्था सृजना हुनु । 
  • सहकारी अभियानको स्थानीय तहदेखि संघसम्मको संरचना निर्माण हुनु । 
  • अन्तराष्ट्रिय सहकारी अभियानसँग सम्बन्ध विस्तार भइ सबल प्रतिनिधित्व हुनु ।
  • कृषिको मूल्य शृंखलामा सहकारी संस्थालाई परिचालन गर्ने वातवरण तयार हुनु । 
  • सहकारी आन्दोलनमा महिला तथा विपन्न वर्गको सहभागिताबाट सशक्तीकरण र गरिबी निवारण गर्ने माध्यमको रुपमा स्थापित हुँदै जानु ।
  • सहकारी क्षेत्रबाट परिचालित बचत तथा ऋण सदस्यको प्राथमिकताअनुसार आय आर्जन, रोजागरी सिर्जना, आकस्मिक आवश्यकता, उपभोग जस्ता क्रियाकलापमा उपयोग गर्न सकिने अवस्था विद्यमान रहनु ।
  • अर्थतन्त्रमा सहकारीका भूमिकालाई संवैधानिक रुपमै महत्व दिइनु यस क्षेत्रका प्रमुख अवसरको रुपमा रहेका छन् । 
भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप