४ दिने अभौतिक कर्ब्स तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
४ दिने अभौतिक कर्ब्स तालिम सम्पन्न 

काठमाडौं, ११ भदौ । नेफ्स्कूनको आयोजनामा १० वटा जिल्ला संघका जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) अनुगमन अधिकृतहरुका लागि लक्षित ४ दिने भर्चुअल प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा सहभागी जिल्ला संघका सञ्चालक तथा व्यवस्थापनका कर्मचारीहरुका साथै कर्ब्स अनुगमन अधिकृतहरुलाई कार्यक्रमको मर्म र पल्स लगायत प्राविधिक पक्षका बारेमा विस्तृत प्रशिक्षण प्रदान गरिएको थियो । 

तालिममा सहकारी संस्थामा अत्यावश्यक सुशासन एवम् विद्यमान कानूनी प्रावधानहरुका बारेमा जानकारी प्रदान गरिनुका साथै कर्ब्स म्यानुअल र पल्स अनुगमन तथा मुल्याङ्कन प्रणालीका सम्बन्धमा उठेका जिज्ञासाहरु समाधान गरिएको थियो । नेफ्स्कूनले चालु आर्थिक वर्षमा कर्ब्स कार्यक्रमलाई जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला संघमार्फत नियुक्त कर्मचारीहरुको क्षमता विकासको लागि यही भदौ ८ गतेदेखि भदौ ११ गते सम्म अभौतिक तालिम सञ्चालन गरेको हो ।

जुम एप्लिेकशनका मार्फतबाट आज तालिमको समापन समारोहमा सहभागी नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जिल्ला संघ साझेदारी कार्यक्रम सफल रुपमा अघि बढिरहेको बताउँदै हाल संघले गरिरहेको काम अभियानको बहसपैरवीका आवाजहरु भएको दाबी गर्नुभयो । सन्दर्भ व्याजदरको प्रसङ्ग कोट्याउँदै उहाँले सरकारसँग त्यस विषयमा बहस पैरवी जारी रहेको वास्तविकता उल्लेख गर्नुभयो ।

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले वित्तीय कारोबार गर्ने सहकारीहरुका लागि छुट्टै ऐन आवश्यक भएको बताउनुभयो । साकोस ऐन अभियानको आवाज भन्दै त्यसको प्रतिनिधित्व नेफ्स्कूनले गरेको दाबी गर्नुभयो । जिल्ला संघ साझेदारीमार्फत सञ्चालन भएका विभिन्न किसिमका तालिम र शिक्षाका कार्यक्रमले सहकारी र साकोस अभियानलाई थप सुदृढ बनाउँदै लैजाने भनाइ बरिष्ठ उपाध्यक्ष ढकालको थियो ।

कार्यक्रममा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले चार दिने तालिम अत्यन्त सान्दर्भिक भएको धारणा राख्दै यस्तो सिकाइका कार्यक्रमबाट प्रेरणा लिदै अघि बढ्न जिल्ला संघका सञ्चालक र कर्मचारीहरुलाई आग्रह गर्नुभयो । सहकारीहरुका सुशासन र इमान्दीको पाटोलाई तालिम र शिक्षाका प्राविधिक पक्षहरुले जोड दिने भन्दै उहाँले सिकाइको सही कार्यान्वयनमा जोड दिनुभयो ।

नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले जिल्ला संघ साझेदारी एकदमै महत्वको कार्यक्रम भएको उल्लेख गर्दै भविष्यमा थप जिल्लाहरु संघ साझेदारी कार्यक्रममार्फत घनिष्ठता बढाउँदै लाने  बताउनुभयो । उहाँले नेफ्स्कूनले सन् २०२० देखि सन् २०२३ सम्मका लागि निर्माण गरेको रणनीतिक व्यावसायिक योजना, त्यसले लिएका ध्येय, परिकल्पना, उद्देश्य तथा लक्ष्यहरुलाई आत्मसात् गर्दै अघि बढ्न जिल्ला संघहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष एवम् जिल्ला संघ साझेदारी कार्यक्रमका संयोजक दिपक पनेरुले जिल्ला संघहरुसँगको सम्बन्धलाई नेफ्स्कूनले सधै उच्च प्राथमिकता दिएको उल्लेख गर्दै आपसी सम्बन्धको नयाँ शिखर चढ्न आजबाटै काम थाल्नुपर्ने र लाभ अवश्य मिल्ने धराणा राख्नुभयो । जिल्ला संघले तालिम, शिक्षा र सदस्य संस्थाहरुको सुशासनलाई विशेष जोड दिनुपर्ने भन्दै उसले गर्ने हरेक कार्यक्रममा नेफ्स्कूनको साथ रहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

आजको भर्चुअल कार्यक्रममा नेफ्स्कूनकी सञ्चालक गोमा नेपाल, चन्डी प्रसाद शर्मा, जिवस खड्काले विद्या कोइराला र सन्दीप सापकोटाले पनि जिल्ला संघ साझेदारी कार्यक्रमको महत्व माथि प्रकाश पार्दै यस किसिमको हातेमालो कार्यक्रमले मुलुकभरी नै रहेका बचत तथा ऋण सहकारीहरुलाई नीति, विधि र प्रविधिमा आधारित भएर अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । यसैगरी, कार्यक्रममा सहभागी जिल्ला संघका अध्यक्षहरुले पनि तालिमको उपयोगिता र प्रभावकारीताका सम्बन्धमा प्रकाश पार्नुभएको थियो । 

उद्घाटन कार्यक्रममा पहिलो दिन नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल र सदस्य सेवा विभाग प्रमुख दर्गा प्रसाद ढकालले तालिमको औचित्यका बारेमा चर्चा गर्नुभएको थियो । नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत न्यौपाने र दिपक ढुंगानाले सहजिकरण गर्नुभएको कार्यक्रमको प्राविधिक संयोजन कार्यक्रम अधिकृत शौभाग्य भट्टराईले गर्नुभएको थियो भने व्यवस्थापन एवम् प्रबन्ध सहयोग बरिष्ठ सहायक मनोहर आचार्यले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२० घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप