कोरोना पोजेटिभ देखिँदैमा आतंकित हुनुपर्दैनः सहकारीकर्मी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कोरोना पोजेटिभ देखिँदैमा आतंकित हुनुपर्दैनः सहकारीकर्मी

काठमाडौं, भदौ १० । सहकारी सदस्यहरुको सुख दुखको सहयात्री हो । जस्तो सुकै कठिन र जटिल अवस्थामा पनि सहकारीले सदस्य सेवा प्रवाहमा कुनै प्रकारको कमी महशुस हुन दिएको छैन । सहकारी अभियान सामुदायिक अभियान हो । सहकारी सधै समुदायप्रति उत्तरदायी बन्ने र समुदायका सदस्यहरुलाई आवश्यक वित्तीय सेवा प्रदान गर्नमा कटिबद्ध छ । कोभिड १९ संक्रमणको जोखिम होस् वा अन्य विपत्ती वा प्रकोपको अवस्था किन नहोस् सहकारीले सदस्य सेवा निरन्तरतालाई विशेष महत्व दिइरहेका छन् । विश्व मानव जगतलाई नै कोरोना संक्रमणको भयले हायल कायल बनाएको छ । गत ५ महिनादेखि नेपालमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक गतिविधिहरु ठप्प छन् । कोरोना संक्रमणको जोखिम उच्च बन्दै गइरहेको हालको अवस्थामा सहकारीकर्मीहरुपनि कोभिड संक्रमणको उच्च जोखिममा हुनुहुन्छ । विश्वव्यापी रुपमा कोभिड १९ले मानव जगतलाई जुन रुपमा त्रसित र आतंकित बनाएको छ, नेपाल पनि यसबाट अछुतो छैन । तर कोरोना संक्रमण विशेष रोगको अवस्थामा बाहेक सामान्य भाईरस रहेको र सामान्य स्वास्थ्य सचेतनाबाट निको पार्न सकिएको सहकारीकर्मीहरुको बास्तविक अनुभवलाई यहाँ समेटिएको छ ।

          

महेश ढुंगेल
व्यवस्थापक, हातेमालो साकोस, बारा

जितपुर सिमरा उपमहानगपालिका वडा नं. २ मा अवस्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक महेश ढुंगेललाई कोरोना पोजेटिभ देखियो । साउन २४ गते स्वाव परीक्षण गराउनुभएका ढुंगेलको केही दिनपछि रिपोर्ट आयो कोरोना पाजेटिभको । तर उहाँमा कोरोनाको कुनै लक्षण देखापरेको भने थिएन । रिपोर्ट पोजेटिभ आइसकेपछि उहाँले आफ्नै घरमा आइसोलेसनमा बस्ने प्रबन्ध मिलाउनुभयो र १४ दिन सम्म होम आइसोलेसनमा बसेर १५औं दिनको दिन स्वाव परीक्षण गराउनुभयो । खुसीको कुरा कोरोना नेगेटिभको रिपोर्ट आयो । कोरोना संक्रमित हुँदा उहाँलाई व्यक्तिगत रुपमा कुनै डरत्रास र भय भएन । उहाँमा कोरोनालाई जित्ने आत्मबल र विश्वास थियो । साथै पारिवारिक साथ सहयोग र साथीभाईको हौसला पनि । उहाँमा मात्र एक चिन्ता थियो, कतै मेरो परिवारका अन्य सदस्यहरु संक्रमित भएर दुख पाउने वातावरण बन्छ की भन्ने मात्र । तर उहाँको परिवारका कुनै पनि सदस्यहरुलाई कोरोना संक्रमण देखिएन । रिपोर्ट पोजेटिभ आउँदा उहाँमा कुनै प्रकारको कोरोनाको लक्षण देखिएको पनि थिएन । पछि विस्तारै घाँटी दुख्ने र जीउ पोल्ने समस्या सामान्य देखिएको उहाँ बताउनुहु्न्छ । घरेलु उपचार, वेसार पानी, सागसब्जी, फलफुल र घरकै साधारण खानपानले कुनै पनि औषधि उपचार नगराइकन उहाँ ठीक हुनुभयो । उहाँ भन्नुहुन्छ, संक्रमण केही होइन, आफ्नो स्वास्थ्य स्थिति ठीक अवस्थामा छ भने कोरोना संक्रमण हुँदैमा डराउनुपर्ने रहेनछ । सामान्य रुघा खोकीको अवस्थामा हामीलाई जस्तो हुन्छ, त्यो भन्दा बढी केही भएको महशुस मैले गरिन । सर्वप्रथम त हामीले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने, आवश्यक काम नपरी बाहिर नहिड्ने मात्रै हो भने पनि यसको संक्रमण बाट जोगिन सक्छौं । संक्रमण भइहालेमा पनि हामीले स्वास्थ्य सचेतना अपनाएर १४ दिन आइसोलेसनमा बस्यौ भने यो संक्रमण आफै ठीक हुन्छ । तर यस अवधिमा संक्रमित र संक्रमितको परिवारप्रतिको सामाजिक दृष्टिकोणले भने उहाँको जीवनमा तीतो अनुभव सँगालेको छ । सामाजिक चेतनाका कारणले घरपरिवारले समस्या झेल्नुपर्यो । बाहिर निस्कन नहुने, घरमा आवश्यक सरसामान ल्याइदिने मान्छे नहुँदाको छुट्टै पीडा उहाँले सुनाउनुभयो । 

                             

हिमलाल गौतम
प्रवन्धक, जनहितकारी साकोस, सुर्खेत

कोरोना संक्रमणलाई परास्त गर्नुभएको अर्को व्यक्तिको नाम हो हिमलाल गौतम । सुर्खेत, विरेन्द्रनगर ४ स्थायी बसोबास भएका गौतम सुर्खेत स्थित जनहितकारी बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हुनुहुन्छ । २०६९ सालदेखि सहकारी क्षेत्रमा क्रियाशील गौतमको ५ जनाको परिवार छ । परिवारमा आमा, श्रीमति र  दुई छोरा हुनुहुन्छ । छिमेकी अंकल लाई कोरोना पोजेटिभ देखिएपछि उहाँलाई पनि स्वाव परीक्षण गर्ने चाहना बढेसँगै परिवार र कार्यालयका सहकर्मीहरुले पनि परीक्षणका लागि आग्रह गर्नुभयो । कुनै प्रकारको लक्षण नदेखिएता पनि उहाँले असार २७ गते कोरोना परीक्षणका लागि स्वाव दिनुभयो । २९ गते रिपोर्ट आयो, कोरोना पोजेटिभ । त्यसपछि उहाँ छाँगोबाट खसेजस्तै झस्किनुभयो, मनमा त्रास, चिन्ता र भय ले घर जमायो । उहाँ भन्नुहुन्छ, शुरुमा निकै आत्तिएँ पनि, कर्णाली प्रदेश अस्पतालमा आइसोलेसनमा बस्ने निधो गर्नुभयो । घरपरिवार र साथीभाइको हौसलाले उहाँको पि.सि.आर. पोजेटिभको त्रासलाई विस्तारै कम गर्दै लग्यो । दिन वित्दै गए, कोरोना संक्रमणलाई जित्ने आत्मबल र विश्वास बढ्दै गयो, शरिरमा कोरोनाको कुनै लक्षण देखिएन । पौष्टिक आहार, शारिरीक व्यायाम र सरसफाइलाई ध्यान दिँदै सामान्य आयुर्वेदिक औषधिको सेवन गर्नुभयो । १० दिनपछि पुन पि.सि.आर परीक्षणका लागि पठाइयो र दुइदिनपछिको रिपोर्ट नेगेटिभ आयो । कुनै लक्षण विना १२ दिनको आइसोलेसनको बसाइबाट उहाँ घर फर्किनुभयो । विश्वव्यापी त्रासको रुपमा रहेको कोभिड १९ सँग जुद्दाको अनुभवलाई साट्दै उहाँ भन्नुहुन्छ, म निकै सचेत भएर काम गर्थे, समाजिक दुरी कायम गर्ने, मास्क, सेनिटाइजर नियमित प्रयोग गर्थे । पैसाको कारोबारमा पनि निकै सचेतना अपनाएको थिए । तर कसरी संक्रमित भएँ भन्ने पत्ता लगाउन सकिएन । निरन्तर फ्रन्ट लाइनमा बस्ने, सदस्य सेवा प्रवाहमा निरन्तर जुटिरहनुभएका धेरै साथीहरु हुनुहुन्छ, उहाँहरु हालसम्म सुरक्षित हुनुहुन्छ । त्यसकारण संक्रमण यसरी नै हुन्छ भन्न सकिदैन, सकेसम्म भौतिक दुरी र स्वास्थ्य सचेतना अपनाऔं । संक्रमण नभएको धेरै राम्रो हो तर संक्रमण भइहालेमा पनि डराउनुपर्ने हुँदैन । बृद्ध बृद्धा र दीर्घ रोगीहरुलाई संक्रमणको जोखिम उच्च छ । सहकारी अभियान र समुदायप्रति उत्तरदायी भएर काम गर्ने हामी सहकारीकर्मीहरु कुनैपनि बेला संक्रमणको जोखिममा पर्न सक्छौं । सकभर यसको संक्रमण हुनबाट बचौं र भइहालेमा पनि दृढ आत्मबल र विश्वास लिएर यसलाई परास्त गरौं । कोरोना संक्रमण हुँदैमा आत्तिनुपर्ने अवस्था छैन । 

 
 

प्रभाकर गुप्ता

व्यवस्थापक, घरआँगन साकोस, बीरगञ्ज, पर्सा 
पर्सा वीरगञ्जस्थित घर आँगन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रभाकर गुप्ता पनि कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । संक्रमणबाट मुक्त गुप्ताले आम कोरोना संक्रमितको जीवनरक्षा र आत्मबल विकासका निम्ति सामाजिक काममा खट्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । साथीभाइसँगको सम्पर्कका कारण कन्ट्रयाक्ट ट्रेसिङ मार्फत साउन २६ गते पि.सि.आर परीक्षण गराउनुभएका गुप्ता सहित ३ जना साथीको पि.सि.आर. रिपोर्ट पोजेटिभ आयो । साउन २९ गते राती १२ बजे पि.सि.आर. पोजेटिभको सूचना पाएपछि निकै तनावमा रहेको उहाँ बताउनुहुन्छ । सात दिनसम्म होटलमा सेल्फ क्वारेन्टाइनको बसाइपछि उहाँ होम आइसोलेसनमा बस्ने गरी घर जानुभयो । घर परिवार र साथीभाईको स्नेह, सद्भावले उहाँको मनोबल र आत्मविश्वास बढायो । १४ दिनसम्म आइसोलेसनको बसाइ पश्चात गरिएको पि.सि.आर. रिपोर्ट नेगेटिभ आयो । उहाँ भन्नुहुन्छ, कोरोना भाइरसले समाजमा नराम्रो प्रभाव पारेको छ । सामाजिक आतंक र त्रास फैलाएको छ । संक्रमितलाई सामाजिक अवहेलना गर्ने, सामाजिक बहिष्कार गर्ने जस्ता परिपाटि बढेको छ । आज म संक्रमणबाट मुक्त भएको छु, मैले कोभिडले समाजमा पारेको नकारात्मक पक्षलाई सचेतना अभिबृद्धि मार्फत तमाम् संक्रमित आमाबुबाको घाउमा मलहम लगाउने र सामाजिक सचेतना जगाउने अभियानमा जुट्नेछु उहाँले बताउनुभयो । 

                                         

 

 

 

 

 

 

 

 

छत्र प्रसाद धमला
फिल्ड इन्चार्ज, नेफ्स्कून सुर्खेत फिल्ड कार्यालय

कोरोना संक्रमणलाई परास्त गर्ने महाअभियानमा नेफ्स्कूनका सहकर्मी मित्र छत्र प्रसाद धमला पनि हुनुहुन्छ । उहाँले नेफ्स्कूनको ३३औं स्थापना दिवसको दिन साउन ३२ गते पि.सि.आर परीक्षण गराउनुभयो । दुइदिन पछि रिपोर्ट आयो कोरोना पोजेटिभ । कार्यालयमा कार्यरत सबै कर्मचारीहरुको एकसाथ गरिएको स्वाव परीक्षणमा अन्य साथीहरुको रिपोर्ट नेगेटिभ आयो । हालसम्म संक्रमणको सम्भावित कुनै पनि लक्षण उहाँमा देखिएको छैन । सुर्खेतस्थित एक होटलमा उहाँ १२ दिनदेखि आइसोलेसनमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, हालसम्म कोरोना संक्रमणको कुनै पनि डर, त्रास र चिन्ता मैले लिएको छैन । केवल एकान्तबास बस्नुपर्ने पीडा एक किसिमको भएपनि संक्रमणलाई परास्त गर्ने मनोलब र आत्मविश्वास बढेको छ उहाँमा । म सहकारीकर्मी हो,  समुदायप्रतिको उत्तरदायित्व र सदस्य सेवा निरन्तरता मेरो धर्म हो । कोभिड महामारीका बीच पनि सहकारीहरुले सदस्यसेवालाई निरन्ततारता दिइनैरहेका छन् । यस विष्म परिस्थितिमा स्वास्थ्य सचेतना अपनाउने र सामाजिक दुरी कायम गर्ने हो । यदि कोभिड संक्रमण भइहाले पनि डराउनुपर्ने अवस्था छैन । उच्च मनोवल, पौष्टिक आहार, पर्याप्त मात्रामा झोलिलो खानेकुरा, शारिरीक व्यायाम र खुसी रहन सकियो भने कोरोना संक्रमण सामान्य हो । यसलाइ्र्र सहजै परास्त गर्न सकिन्छ ।   

कोरोना भाइरस संक्रमण जो कोहिलाई पनि हुनसक्छ । विश्व मानव जगतलाई नै कोरोना संक्रमणको भयले हायल कायल बनाएको छ । विश्वभर २ करोड ४० लाख ६४ हजार मानिस संक्रमित भएका छन् भने १ करोड ६६ लाख १४ हजार २ सय ७१ मानिस निको भएका छन् । कोरोना संक्रमणकै कारण ८ लाख २३ हजार ५ सय ७० जनाको मृत्यु भइसहेको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा हालसम्म ३४ हजार ४ सय १८ संक्रमित भएका छन् भने १९ हजार ५ सय ४ जना निको भएका र १ सय ७५ जनाको मृत्यु भएको तथ्यांक छ । 

नेपालमा पनि कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गर्न नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन जारी गरी नागरिकहरुलाई स्वास्थ्य सचेतना अपनाउन, भौतिक दुरी कायम गर्न, कार्यक्रम गोष्ठी सभा सम्मेलन नगर्न र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रयोग गर्न निरन्तर आव्हान गरिरहेको छ । पछिल्लो समय नेपालमा पनि संक्रमणको जोखिम निरन्तर बढिरहेको छ । संक्रमित मध्ये निको हुनेको संख्या पनि उच्च छ । बृद्ध बृद्धा र विशेष गरी दीर्घ रोगीहरु कोभिड संक्रमणबाट विशेष सुरक्षित रहनुपर्नेछ । कोभिड १९ संक्रमणको जोखिमबाट बच्न विशेष सावधानी अपनाऔं, सामाजिक दुरी कायम गरौ, संक्रमितलाई माया, सद्भाव र सम्मान दिऔं । सामाजिक सद्भाव र मेलमिलापबाटै कोभिड १९को त्रासलाई समाजबाट भगाऔं ।  

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

२१ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण
सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२४ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण
पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२४ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत यांग्रीमा साकोसको सुपरिवेक्षण

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप