नेकोस सफ्ट्वेयर नवीनतम सुविधासहित स्तरोन्नत हुँदैछ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेकोस सफ्ट्वेयर नवीनतम सुविधासहित स्तरोन्नत हुँदैछ

राजीव कर्ण 
प्रमुख कार्यकारी अधिकृत (सीईओ)
एक्सक्लुसिभ माइन्डज्, 
सफ्ट्वेयर साझेदार कम्पनी, नेफ्स्कून

सहकारीसँगको एक्सक्लुसिभ माइन्डज्को सफ्ट्वेयर सहकार्य सुरुवात कसरी भयो ?
धेरै वर्षअघि हाम्रो एकजना पुरानो ग्राहक वित्तीय सहकारी अभियानसँग जोडिनुभयो । उहाँले नै हामीलाई सहकारी सफ्ट्वेयर विकास गर्न आग्रह गर्नुभएको थियो । त्यतिबेला सूचना प्रविधिको विविध क्षेत्रमा हात हालेको हाम्रो कम्पनीलाई सहकारी क्षेत्रसँग जोडिने अवसर सृजना भयो र हामीले काम ग¥यौं । सुरुमा हामीले एक्सक्लुसिभ बैंक प्रो नामक सफ्ट्वेयर बनाएका थियौं । नेफ्स्कूनसँग औपचारिक रुपमा जोडिनु अघि हामीसँग सफ्ट्वेयरका करीब ३५ वित्तीय सहकारी ग्राहक थिए ।

नेफ्स्कूनसँगको सहकार्य कसरी अघि बढ्यो ?
२०६६ सालतिर जोडिएपनि अहिलेको जस्तो संयुक्त साझेदारीको सुरुवात भने २०७१ साल जेठ १० गतेबाट भएको हो । नेफ्स्कूनले पहिले नेकोस सफ्ट्वेयर बिक्री गरेको थियो । पछि नेफ्स्कूनले बजारीकरण र बिक्री गर्ने तथा हामीले विकास र सहयोग गर्ने आपसी समझदारी ग¥यौं । यसले गर्दा हाम्रो सहकार्य थप मजबूद भएको छ । खास भन्ने हो भने यो हामीबीचको सहकारिताको उत्तम नमूना हो । पारस्परिकताको सहकारी मुल्यलाई हाम्रो साझेदारीले मलजल गरेको छ ।

तपाईको संस्थाको सहकारी सफ्ट्वेयर व्यवसायको अवस्था अहिले कस्तो छ ? 
विगत १७ वर्षदेखि प्रविधिका विविधि क्षेत्रमा काम गरिरहेका छौं । अहिले हाम्रा सेवाग्राही वित्तीय सहकारीहरुको संख्या ७ सय पुगेको छ । नेफ्स्कूनसँगको सहकार्य पूर्व जोडिएका करिब ३ दर्जनमध्ये अहिले करिब ७ वटामात्र हाम्रा ग्राहक छन् बाँकी अधिकांश नेफ्स्कूनको सञ्जाल र बाँकी केही पनि उहाँहरु मार्फत नै हामीसँग जोडिएका छन् । बद्लिदो परिवेश र सेवाग्राहीहरुको चाहना अनुरुप सुविधाहरु सफ्ट्वेयरमा थप गर्दै लाने र आफै पनि अरु भन्दा कसरी पृथक सेवा प्रदान गर्न सकिन्छ भनेर अहोरात्र खटिएका छौं । हाम्रो व्यवसाय र नेफ्स्कूनसँगको सहकार्यबाट हामी एकदम सन्तुष्ट छौं । 

पछ्रिल्लो समया सफ्ट्वेयर प्रविधिका विषयमा सहकारीहरुमा कस्तो अवधारणागत परिवर्तन पाउनुभएको छ ?
विगत २ वर्षदेखि सहकारीहरुमा प्रविधि सचेतना बढेको महसूस गरेको छु । नेफ्स्कूनको पहुँच वृद्धिसँगै निरन्तरको शिक्षा, तालिम र वकालतका कारण साकोसहरुले पनि प्रविधिको महत्व बुझेको मैले ठानेको छु । केही वर्षअघि सम्म सफ्ट्वेयरलाई अनावश्यक खर्च वा आर्थिक बोझको रुपमा लिने संस्थाहरु आज भने समयानुकूल परिवर्तन हुनुपर्ने रहेछ, सफ्ट्वेयर प्रविधिमा गरेको खर्चले अन्ततोगत्वा संस्थाको इमान्दारी, विश्वसनीयता र पारदर्शीतामा प्रत्यक्ष प्रभाव पारी समग्र कारोबारमै सकारात्मक प्रभाव पार्दोरहेछ भन्ने चेत आएको छ । सदस्य चाहना, प्रतिस्पर्धी वित्तीय संघ संस्थाहरुको कामकारबाही र विश्व परिवेशका कारण पनि हुनसक्छ आजभोली सहकारीहरु राम्रो सफ्ट्वेयर सेवा प्रदायकको खोजीमा देखिएका छन् ।

कोभिड–१९ को महामारीका कारण सिर्जित लकडाउनले तपाईहरुको काममा केही परिवर्तन ल्याएको छ कि ?
हामी केही कार्यालयबाट र केही घरबाट काम गरिरहेका छौं । हाम्रो लागि भनेको अरु सामान्य अवस्थामा पनि बाहिर बढी हिड्डुल भन्दा एक ठाउँमा बसेर काम गर्नुपर्ने हुन्छ । यो समयमा हामी बढी अध्ययन, अनुसन्धान र खोजमा समय व्यथित गर्न पाएका छौं । त्यसैगरी, यो बन्दाबन्दीले धेरै सहकारीहरुलाई सफ्ट्वेयरको आवश्कता र महत्वबोध गराएको छ । यसले हामी खुसी छौं । वित्तीयसँगै प्रविधि साक्षरताको विषयले पनि विस्तारै प्राथमिकता पाउन थालेको छ । तर अझै दूरदराजका सहकारीहरुमा यी विषयमा ज्ञान र चेतनाको अभाव पक्कै छ । 

बजारमा सहकारी सफ्ट्वेयर सेवा प्रदायकहरु धेरै छन् ? अरु भन्दा एक्सक्लुसिभ माइन्डज् कुन अर्थमा फरक छ ?
हुनत सबैले आफु राम्रो छु भन्छन् । यो त एउटा “क्लिसे” नै भैसक्यो । यद्यपि, नेफ्स्कूनसँगको सहकार्यको यात्राले खारिदै र माझिदै गएका हामी के दाबी गर्न सक्छौं भने हामी अफोरडेबल र आन्सरेवल दुवै छौं अर्थात् ठूला त भइहाले साना सहकारीहरुको पनि खर्चले धान्ने र हाम्रो सफ्ट्वेयरका सम्बन्धमा केही जानकारी अभाव वा कुनै समस्या आएमा झर्को नमानी बारम्बार सेवा प्रदान गछौं । नेपालमा पहिलो वेबमा आधारित (वेब बेस्ड) पहिलो सहकारी सफ्ट्वेयर सेवा प्रदायक हौं हामी । हाम्रो सफ्ट्वेयर प्रयोग गर्न एकदमै सजिलो छ ।
सबै प्रयोगकर्ता र सम्भावित प्रयोगकर्ताले के बुझ्नुपर्छ भने हाम्रा अधिकांश सदस्य नेफ्स्कूनका सदस्य हुन् । नेफ्स्कूनको सञ्जाल देशभर छ । त्यहीबाट पनि कतिपय समस्या समाधान हुन्छन् । फिल्ड कार्यालयबाट समाधान नभएको विषय मुख्य कार्यालयको सूचना प्रविधि शाखाका राजन जी, प्रवीण जी र अनीत जीले सम्बोधन गर्नुहुन्छ । यति गर्दा पनि केही थप जिज्ञासा र समस्या भए हामी सदा तत्पर छौं । यसले गर्दा हाम्रा सेवाग्राहीहरुमा के विश्वास छ भने सफ्ट्वेयरका विषयमा केही समस्या भए कम्तिमा ३ तहबाट समाधान सम्भव छ । नेफ्स्कूनसँग जोडिएपछि हाम्रो पनि कार्यबोझ कम भएको छ र अन्य सुविधाहरु थप गर्ने काममा जुट्न सकेका छौं । नेफ्स्कूनलाई पनि विकेन्द्रीत सञ्जालसँगै एक्सक्लुसिभ माइन्डज् छ भन्ने आधार छ । बजारमा देखिएका धेरै सेवा प्रदायकहरुले यो सुविधा कसरी प्रदान गर्न सक्छन् । उनीहरुलाई सफ्ट्वेयरको विकास, विस्तारदेखि बजारीकरणसम्म आफै जोडिनुपर्ने अवस्था छ । सीमित लगानी र स्रोत र साधनमा सेवाग्राहीको माग सम्बोधन गर्न उनीहरुलाई हम्मे पर्छ ।

अहिले सफ्ट्वेयरका सम्बन्धमा सहकारी बजारको माग के हो ?
अहिलेको माग भनेको बिश्लेषणात्मक औजार (ब्लबथितष्अब ित्यय०ि सहितको सफ्ट्वेयर सुविधा हो । आधारभूत प्राथमिकताहरु त भन्नै परेन । धेरैले सोध्दा पनि सोध्दैनन । अब भनेको सफ्ट्वेयरले दिने वित्तीय प्रतिवदेन र तथ्याङ्कहरु विश्लेषण सहितको हुनुप¥यो  जसले सहकारीहरुको कामको बोझ पनि कम होस् र उपलब्ध विश्लेषण व्यवसाय वृद्धिका लागि सहयोगीसिद्ध हुन् ।

चुनौतीहरु के छन् ?
हरेक क्षेत्रमा चुनौती हुन्छन् । चुनौतीहरुले नै सृजनाको सुनौलो बिहानीतर्फ मोडाउने हो । हाम्रो चुनौती भनेको पुरानो लेगसी डाटाबेसलाई कायम राख्दै नयाँ प्रविधिगत फिचरहरु स्तरोन्नति गर्दै लानु हो । पुरानो कामलाई असर नपर्ने तर नवीन माग र आवश्यकतालाई समाविष्ट गरी अघि बढ्ने काम पक्कै चुनौतीपूर्ण छ । हामीलाई लाग्छ हामी यसमा खरो उत्रेका छौं ।

एक्सक्लुसिभ माइन्डज्को भावी योजना र रणनीति के छन् ?
हामीले अहिले सफ्ट्वेयरको बजारीकरण र बिक्रीको पाटोलाई पूर्णविराम लगाइसकेका छौं । हामी नेकोस प्लसलाई एशियास्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम एक्सेस् ब्रान्ड पाएका र उक्त कार्यक्रममा सहभागी ठूला अनि सफल संस्थाहरुको माग लक्षित नयाँ स्वरुप (भर्जन) लिएर आउँदै छौं । साना, मझौला र ठूला संस्थाहरुको आवश्यकता अनुरुप विशेष सुविधा (फिचर) र बिशेष सहायता सहितको लागतमा आधारित (कस्ड बेस्ड) सफ्ट्वेयर सुविधा प्रदान गर्ने हाम्रो योजना हो । हुनत यो काम हामीले अहिले पनि नेकोस लाईट, नेकोस प्लस र नेकोस अल्टिमेट सफ्ट्वेयरमार्फत गरिरहेका छौं तर अब थप सशक्त ढंगबाट सबै सेवाग्राहीहरुको माग सम्बोधन गर्ने गरी काम गर्दैछौं । नयाँ फिचरहरु थप्दै विकास र गुणस्तर वृद्धिमा एकाग्र भएर लागेका छौं । यसले हामीलाई विशेषज्ञता हासिल गर्न मद्दत पुग्दछ । अर्को, हामी बैङ्किङ र सहकारीबीचको पूर्णत प्रविधिकरणको सम्भावना खोजीमा पनि छौं । सहकारीबाट नगद झिक्ने काम न्यून गराउन स्थानीय बिक्रेता (भेन्डर) मार्फत हरेक स्थानीय स्तरमै वित्तीय सेवा विविधिकरण प्रयासमा छौं । यसमा नेफ्स्कून र समग्र सहकारी क्षेत्रको साथ र सहयोग लिएर अघि बढ्ने सोच बनाएका छौं ।

जय सहकारी ।
 

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण
समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण
जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा
सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२४ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  
धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२३ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

६ दिन अगाडि

पाठकबाट थप